अर्थसंक्षेप : ग्यास अभाव हटाउन प्रतिमहिना ५० हजार मेट्रिक टन आयात गरिने, नेप्से दोहोरो अङ्कले घट्यो र गभर्नरको अनुपस्थितिमै अर्थमन्त्रीले गरे बैंकरसँग बैठक « Khabarhub

अर्थसंक्षेप : ग्यास अभाव हटाउन प्रतिमहिना ५० हजार मेट्रिक टन आयात गरिने, नेप्से दोहोरो अङ्कले घट्यो र गभर्नरको अनुपस्थितिमै अर्थमन्त्रीले गरे बैंकरसँग बैठक


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ग्यास अभाव हटाउन सरकारले अब प्रतिमहिना ५० हजार मेट्रिक टन आयात गर्ने

पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृहत् छलफल भएको छ ।

सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायीलगायतको भूमिकाबारे समीक्षा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको हो ।

छलफलका क्रममा व्यवसायीहरूले बजारमा हल्ला चलेजस्तो ग्यासको अभाव नभएको बताए । पश्चिम एशियाको द्वन्द्वपछि ग्यास आपूर्ति सहज गर्न सरकारले ७.१ किलोग्रामको आधा सिलिन्डर दिने गरेकोमा पुनः १४‍.२ किलोग्रामको भरी सिलिन्डर वितरण सुरु गर्दा बजारमा एकाएक माग बढेको व्यवसायीहरूको धारणा थियो ।

व्यवसायीहरूले पहिलेभन्दा बढी ग्यास आयात भइरहेको तर उपभोक्ताहरूले आवश्यकभन्दा बढी भण्डारण गर्ने गरेकाले समस्या निम्तिएको बताए ।

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन

गभर्नरको अनुपस्थितिमा अर्थमन्त्रीले बैंकरलाई भने- मन्त्रालय, राष्ट्र बैंक र बैंकिङ क्षेत्रको समन्वयलाई प्रभावकारी कसरी बनाउन सकिन्छ ?

मंगलबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गरेका छन् । तर, बैंककै मुख्य नियामक निकाय नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलको अनुपस्थितिमा भएको उक्त छलफलमा भने उनले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर छलफल गरे ।

‘बैंकिङ प्रणालीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन के–कस्ता संरचनागत सुधार आवश्यक छन् ? मौद्रिक नीति, नियमन र सुपरिवेक्षणमा अब कुन नयाँ दृष्टिकोण अपनाउनुपर्छ ? अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ’, उनले सिईओहरूसँग प्रश्न गरे ।

उनले बजेटमार्फत नेपालको आर्थिक रूपान्तरणका लागि एउटा स्पष्ट दिशा तय गरेको भन्दै आफूहरूको ध्यान कार्यान्वयनमा भएको बताउँदै बजेट कार्यान्वयनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सुझाव सुन्न आएको बताए ।

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ७ : ०९ बजे

नेपाल लिकर्सका सीईओ तुलाधर एसिया बिजनेस लिडर्स अवार्डबाट सम्मानित

काठमाडौं– नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य बढेसँगै

एनएमबी बैंकको खुद नाफा ४ अर्ब नाघ्यो

काठमाडौं– एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री