श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो « Khabarhub

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा ठोक्किएको छ।

उक्त विमान शुक्रबार बिहान नवी मुम्बईबाट श्रीनगर पुगेको थियो। बिहान करिब ९ बजे बे नम्बर–६ मा विमान पार्क गर्ने क्रममा दुर्घटना भएको हो।

विमानमा सवार २०० यात्रु तथा चालक दलका सबै सदस्य सुरक्षित रहेको जनाइएको छ। घटनामा कसैलाई चोटपटक लागेको सूचना छैन।

घटनापछि यात्रु तथा चालक दलका सदस्यलाई म्यानुअल विमान सिँढीको सहायताले सुरक्षित रूपमा विमानबाट ओरालिएको थियो। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ। हाल श्रीनगर विमानस्थलको सञ्चालन सामान्य रहेको र सबै उडान निर्धारित समयअनुसार सञ्चालन भइरहेको जनाइएको छ।

विमान ठोक्किएको खम्बा भिजुअल डकिङ गाइडेन्स सिस्टम (भीडीजीएस) को हिस्सा हो। यो प्रणालीले विमानलाई पार्किङ बेमा सही स्थानमा ल्याउन र सुरक्षित रूपमा पार्क गर्न पाइलटलाई सहयोग गर्छ।

विमानको अगाडिको भागमा क्षति

खम्बामा ठोक्किएपछि विमानको नोज अर्थात् अगाडिको भागमा क्षति पुगेको छ। विमानको अगाडिको भाग करिब एक फिटसम्म भित्र धसिएको बताइएको छ।

विमानको सबैभन्दा अगाडि रहेको बाहिरी कभरलाई रेडोम भनिन्छ। यसको पछाडि सामान्यतया वेदर रडार हुन्छ, जसले उडानका क्रममा वर्षा, आँधी तथा खराब मौसम पत्ता लगाउन सहयोग गर्छ। रेडोमले रडारलाई सुरक्षित राख्छ, तर रेडियो तरंगलाई आवतजावत गर्न दिन्छ।

विमानको नोज तथा आसपास पिटोट ट्युब, एंगल अफ अट्याक सेन्सर, तापक्रम सेन्सर र एन्टेनाजस्ता उपकरण पनि जडान गरिएका हुन्छन्। यीमध्ये धेरै उपकरण विमानको बाहिरी सतहमा रहेका हुन्छन्।

खम्बासँगको ठक्करबाट रेडोम वा वेदर रडारसँगै अन्य सेन्सरमा पनि क्षति पुग्न सक्छ। त्यसबाट विमानको गति, उचाइ वा हावासम्बन्धी जानकारी प्रभावित हुन सक्छ। त्यसैले नोजमा ठक्कर लागेपछि विमानलाई पुनः उडाउनुअघि त्यसको विस्तृत प्राविधिक परीक्षण आवश्यक हुन्छ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  १२ : २३ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण