बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’ « Khabarhub

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीलाई लिएर जवाफ फर्काएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा भएको राजनीतिक गतिविधिलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’ भन्दै टिप्पणी गरेका थिए।

प्रधानमन्त्री शाहको उक्त टिप्पणीपछि कांग्रेस युवा नेता तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक शैलीमा जवाफ दिएका हुन् ।

तिमिल्सिनाले लेखेका छन्, ‘धन्न कांग्रेसले यो देशमा लोकतन्त्र स्थापना गरेछ। प्रधानमन्त्री नै भएपनि ९ बजेपछि तल्लो स्तरको टिप्पणी गर्न पाएका छन्।’

कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौँको खुलामञ्चमा उद्घाटन भएको हो। उद्घाटन समारोहमा कांग्रेस सभापति गगन थापासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका थिए ।

महाधिवेशन उद्घाटन समारोहमा सभापति थापाले संसद् सञ्चालन र प्रधानमन्त्रीको भूमिकाबारे धारणा राखेका थिए। त्यसपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत कांग्रेसको कार्यक्रमलाई लक्षित गर्दै टिप्पणी गरेका थिए।

सोही टिप्पणीको जवाफमा तिमिल्सिनाले कांग्रेसले स्थापना गरेको लोकतान्त्रिक व्यवस्थाका कारण प्रधानमन्त्रीले समेत सरकारको जिम्मेवारीमा रहेर आलोचनात्मक टिप्पणी गर्न पाएको आशय व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाह र कांग्रेस युवा नेता तिमिल्सिनाबीच सामाजिक सञ्जालमार्फत भएको यो जुहारीले कांग्रेस महाधिवेशनसँगै राजनीतिक बहसलाई थप चर्चामा ल्याएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ९ : ३८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन