बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’ « Khabarhub

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीलाई लिएर जवाफ फर्काएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा भएको राजनीतिक गतिविधिलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’ भन्दै टिप्पणी गरेका थिए।

प्रधानमन्त्री शाहको उक्त टिप्पणीपछि कांग्रेस युवा नेता तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक शैलीमा जवाफ दिएका हुन् ।

तिमिल्सिनाले लेखेका छन्, ‘धन्न कांग्रेसले यो देशमा लोकतन्त्र स्थापना गरेछ। प्रधानमन्त्री नै भएपनि ९ बजेपछि तल्लो स्तरको टिप्पणी गर्न पाएका छन्।’

कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौँको खुलामञ्चमा उद्घाटन भएको हो। उद्घाटन समारोहमा कांग्रेस सभापति गगन थापासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका थिए ।

महाधिवेशन उद्घाटन समारोहमा सभापति थापाले संसद् सञ्चालन र प्रधानमन्त्रीको भूमिकाबारे धारणा राखेका थिए। त्यसपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत कांग्रेसको कार्यक्रमलाई लक्षित गर्दै टिप्पणी गरेका थिए।

सोही टिप्पणीको जवाफमा तिमिल्सिनाले कांग्रेसले स्थापना गरेको लोकतान्त्रिक व्यवस्थाका कारण प्रधानमन्त्रीले समेत सरकारको जिम्मेवारीमा रहेर आलोचनात्मक टिप्पणी गर्न पाएको आशय व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाह र कांग्रेस युवा नेता तिमिल्सिनाबीच सामाजिक सञ्जालमार्फत भएको यो जुहारीले कांग्रेस महाधिवेशनसँगै राजनीतिक बहसलाई थप चर्चामा ल्याएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ९ : ३८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको