‘सातौँ सोल्मा अन्तर वडाकपको उपाधि इन्द्रेणीपोखरीलाई « Khabarhub

‘सातौँ सोल्मा अन्तर वडाकपको उपाधि इन्द्रेणीपोखरीलाई


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको ‘सातौँ सोल्मा अन्तर वडाकप पुरुष फुटबल प्रतियोगिता’को उपाधि खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरीले जितेको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित सोल्मा स्पोर्टस् क्लबको खेलमैदानमा मङ्गलबार भएको फाइनल खेलमा साकेला गाउँपालिका-५ मात्तिमलाई शून्यका विरुद्ध तीन गोल गर्दै इन्द्रेणीपोखरीले अन्तर वडाकप फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।

सातौँ संस्करणको उपाधि विजेता इन्द्रेणीपोखरीले रु एक लाख २२ हजार २२२ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिए । उपविजेता बनेको मात्तिमले रु ७७ हजार ७७७ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतियोगिताको सुरुआतबाटै उत्कृष्ट प्रदर्शन गरेको इन्द्रेणीपोखरीले तीन गोल गर्दा मात्तिमले कुनै पनि गोल फर्काउन नसकेको निर्णायक मण्डलले जनाएको छ । प्रतियोगितामा सेमिफाइनलिस्ट बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी र सोही नगरपालिकाको वडा नं ५ लफ्याङले जनही नगद रु ३३ हजार ३३३ प्राप्त गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका एञ्जल राई उदीयमान खेलाडी, इन्द्रेणीपोखरीका शुभराज राई उत्कृष्ट गोलरक्षक, सोही ठाउँका सविन भुजेल उत्कृष्ट डिफेन्डर, मात्तिमका युसन राई उत्कृष्ट मिडफिल्डर, इन्द्रेणीपोखरीका विकास राई उत्कृष्ट प्रशिक्षक, मात्तिमका साहेल राई सर्वाधिक गोलकर्ता र इन्द्रेणीपोखरीका विजय राई उत्कृष्ट खेलाडी चयन भएका छन् ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजार ५५५ र अन्यलाई नगद रु दुई हजार २२२ प्रदान गरिएको सोल्मा स्पोर्टस् क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिए  ।

विजेता वडा र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले पुरस्कार वितरण गर्नुभएको छ । यही कात्तिक ११ गतेदेखि सुरु भएको खुला अन्तर वडाकप पुरुष फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका १२ वडाले सहभागिता थियो । 

विविध कार्यक्रमसहित आयोजना गरिएको सातौँ संस्करणको फुटबल प्रतियोगिताको अवसर पारेर कात्तिक १५ गते बृहत् साङ्गीतिक प्रस्तुति राखिएको थियो । 

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले कातिक ११ गते औपचारिक उद्घाटन गरेको खेलकुद तथा साङ्गीतिक कार्यक्रममा चर्चित गायिका रचना रिमाललगायतका राष्ट्रिय कलाकारहरूले साङ्गीतिक प्रस्तुति गरेका थिए । 

खेल क्षेत्रको विकास तथा व्यवसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले  २०७० सालमा स्थापना गरिएको सोल्मा स्पोर्टस् क्लबले हरेक वर्ष वडास्तरीय प्रतियोगिता सञ्चालन गर्दै आएको छ । ‘सभ्य समाज निर्माणको निम्ति अनिवार्य खेलकुद’ भन्ने नाराका साथ स्थापना गरिएको सोल्मा स्पोर्टस् क्लबले जग्गा खरिद गरेर अन्तरराष्ट्रिय मापदण्डअनुसारको खेलमैदान निर्माण गरेको छ । रासस
 

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ११ : ३८ बजे

ट्रम्पको स्वीकारोक्ति : इरान युद्ध चुनावी हारको कारण

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयमा

अमेरिकी निर्वाचनमा ट्रम्पलाई धक्का : दुवै सदनमा डेमोक्रेटको बहुमत

वासिङ्टन– अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक

उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

उदयपुर– उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा

उत्तर कोरियाद्वारा पूर्वी तटबाट क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी- उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी तटबाट समुद्रतर्फ अज्ञात क्षेप्यास्त्र