भेनेजुएलामा विकसित घटनाक्रमबारे भारतले के भन्यो ? « Khabarhub

भेनेजुएलामा विकसित घटनाक्रमबारे भारतले के भन्यो ?


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भेनेजुएलामा विकसित पछिल्लो घटनाक्रमप्रति भारतले गहिरो चिन्ता व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भेनेजुएलामा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको हो ।

मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले जारी गरेको विज्ञप्तिमा घटनाक्रमलाई भारतले सूक्ष्म हिसाबले निगरानी गरिरहेको उल्लेख छ । ‘भेनेजुएलामा विकसित पछिल्लो घटनाक्रम गहिरो चिन्ताको विषय हो । हामी अवस्थालाई सूक्ष्म निगरानी गरिरहेका छौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

भारतले घटनामा संलग्न दुबै पक्षलाई कूटनीति र वार्ताका माध्यमबाट समस्याको समाधान निकाल्न पनि आग्रह गरेको छ ।

भेनेजुएलाका जनताको सुरक्षा र समृद्धिको समर्थनमा आफूहरु रहेको भन्दै भारतले क्षेत्रीय शान्ति र सुरक्षाको प्रत्याभूति गर्न पनि आह्वान गरेको छ ।

नेजुएलामा रहेका भारतीय समुदायसँग त्यहाँस्थित राजदूतावास सम्पर्कमा रहेको भन्दै विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आवश्यक पर्ने सबै सहयोग गर्न तत्पर रहेको उल्लेख गरिएको छ । मन्त्रालयले अत्यावश्यकबाहेक कुनै पनि अवस्थामा भेनेजुएलाको भ्रमण नगर्न आह्वान गरेको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : ५३ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने