पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता « Khabarhub

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३ सिटमा मतगणना जारी छ। फल्टा सिटमा भने मे २१ मा पुनः मतदान हुने छ। प्रारम्भिक रुझानअनुसार त्यहाँ भारतीय जनता पार्टी बहुमततर्फ देखिएको छ।

भाजपा १६० सिटमा र तृणमूल कांग्रेस (टीएमसी) ११७ सिटमा अगाडि छन्। हालसम्मको मतप्रतिशतअनुसार भाजपा ४५ प्रतिशत र टीएमसीले ४२ प्रतशित मत पाएको देखिएको छ।

उता भवानीपुर सिटमा टीएमसी नेतृ एवम् मुख्यमन्त्री ममता बनर्जी अगाडि रहँदा सुवेन्दु अधिकारी पछाडि छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जहाँ झालमुडी खाएका थिए, त्यही क्षेत्रका झारग्राम, बिनपुर, गोपीबल्लभपुर र नयाग्रामका चारै सिटमा भाजपा अगाडि देखिएको छ।

निर्वाचन आयोगका अनुसार भाजपा र टीएमसीबीच टक्कर चलिरहँदा आई कांग्रेसको प्रदर्शन निकै कमजोर रहँदै करिब ३ प्रतिशत मतमा सीमित भएको छ।

भाजपा बहुमतको सीमारेखा पार गर्दै १६३ सिटमा अगाडि पुगेको छ भने टीएमसी पछ्याइरहेको छ। कांग्रेसले खाता खोल्न पनि संघर्ष गरिरहेको छ।

तमिलनाडुमा पहिलोपटक चुनाव लडेको विजयको पार्टी टीभीकेले १०५ सिटमा बढत बनाएको छ। द्रमुक ४९ सिटमा अगाडि छ भने अन्नाद्रमुक ८० सिटमा अगाडि रहेको छ।

केरलमा यूडीएफले बहुमतको आँकडा पार गर्दै ९६ सिटमा अग्रता लिएको छ भने एलडीएफ ४० सिटमा अगाडि छ।

असममा भाजपा ९६ सिटमा अगाडि छ भने कांग्रेस २८ सिटमा अगाडि रहेको छ। पुदुचेरीमा एनडीएले २२ सिटमा अग्रता बनाउँदा कांग्रेस ६ सिटमा र अन्य १ सिटमा अगाडि छन्।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ११ : ४९ बजे

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको