कांग्रेसद्वारा बारा सभापति राजेश राय यादव निलम्बित « Khabarhub

कांग्रेसद्वारा बारा सभापति राजेश राय यादव निलम्बित


२१ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेस अनुशासन समितिको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई निर्वाचनमा हराउन लागेको भन्ने उजुरीका आधारमा स्पष्टीकरण माग गर्दा कुनै जवाफ नदिएको भन्दै अनुशासन उल्लघंन गरेको कसुरमा अन्तिम निर्णय नहुन्जेल सम्मका लागि कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

बैठकले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको उजुरी सम्बन्धमा छानबिन पश्चात् सर्लाहीका प्रदेशसभा सदस्यहरू सकुन्तीदेवी महरा, कौशल किशोर राय र जंगीलाल रायलाई आगामी दिनमा गुनासो नआउने गरी सजगताका साथ पार्टीको विधान, नियमावलीप्रति पूर्ण प्रतिबद्ध रही दत्तचित्तका साथ पदीय जिम्मेवारी अनुरूप कार्य गर्न निर्देशन दिएको छ ।

त्यस्तै बैठकले बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) का उपर परेको उजुरीको सम्बन्धमा स्पष्टिकरण सोध्दा सन्तोषजनक जवाफ आएकाले थप कारबाही गर्नु पर्ने अवस्था नदेखिएकोले निजमाथि लगाइएको आरोपबाट सफाइ पाउने ठहर गरेको अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ७ : ०५ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई