विश्व वरियतामा पाकिस्तानी विश्वविद्यालय पछि पर्दै « Khabarhub

विश्व वरियतामा पाकिस्तानी विश्वविद्यालय पछि पर्दै


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हालै सार्वजनिक भएको ‘क्युएस विश्व विश्वविद्यालय र्‍याङ्किङ २०२७’ यतिबेला पाकिस्तानका छापा तथा सामाजिक सञ्चारमाध्यमहरूमा निकै चर्चाको विषय बनेको छ । यो चर्चाको मुख्य कारण विश्वका उत्कृष्ट ३५० विश्वविद्यालयहरूको सूचीमा पाकिस्तानको कुनै पनि विश्वविद्यालय पर्न नसक्नु हो ।

यस वरियतामा पाकिस्तानको तर्फबाट सबैभन्दा अगाडि रहेको काइदे आजम विश्वविद्यालय ३८१औँ स्थानमा समेटिएको छ । यद्यपि, समग्र कलेजको स्थान पछि परे पनि यहाँका केही विशिष्ट शैक्षिक कार्यक्रमहरू जस्तै इन्जिनियरिङ, व्यापार, अर्थशास्त्र र चिकित्सा विधा भने विश्वका उत्कृष्ट १०० देखि २०० को सूचीभित्र पर्न सफल भएका छन् ।

विश्वविद्यालयहरूको यो स्तर मापनले देशको शैक्षिक गुणस्तरको एउटा मोटामोटी चित्र छर्लङ्ग हुन्छ । उत्कृष्ट ३५० भित्र पर्न नसक्नुले पाकिस्तान सरकारले शिक्षा क्षेत्रलाई कति कम प्राथमिकता दिएको छ भन्ने प्रष्ट पार्छ । पाकिस्तानले विद्यालय शिक्षा सहित समग्र शिक्षा क्षेत्रमा आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को एक प्रतिशतभन्दा पनि कम खर्च गर्ने गरेको छ। यस्तो न्यून लगानीका बीच विश्वविद्यालयहरू पछि पर्नु कुनै अचम्मको कुरा होइन ।

तथ्याङ्क हेर्ने हो भने विश्वका उत्कृष्ट १०० र २०० भित्र पर्ने अधिकांश विश्वविद्यालयहरू संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, युरोप, क्यानडा, सिङ्गापुर जस्ता विकसित र उच्च आय भएका देशका छन्। यी बाहेक भारत, मलेसिया, साउदी अरब, चिली, मेक्सिको र कतार जस्ता देशहरू मात्र यस सूचीमा अटाएका छन् । ती देशको प्रतिव्यक्ति आम्दानी र शिक्षामा हुने खर्च पाकिस्तानको तुलनामा निकै बढी छ ।

कुनै पनि विश्वविद्यालयको सफलतामा पर्याप्त बजेट र अक्षय कोषको ठूलो भूमिका हुन्छ। उदाहरणका लागि र्‍याङ्किङको पहिलो स्थानमा रहेको अमेरिकी विश्वविद्यालय एमआईटीको वार्षिक सञ्चालन बजेट ६ अर्ब डलर र अक्षय कोष २७ अर्ब डलरभन्दा बढी छ । यता भारतको उत्कृष्ट स्थानमा रहेको आईआईटी दिल्लीको वार्षिक बजेट झन्डै १० देखि १५ करोड डलर हुँदा पाकिस्तानको शीर्ष विश्वविद्यालय काइदे आजमको बजेट भने मात्र १ करोड ५० लाख डलर जति छ । बजेटकै अभावका कारण यहाँका प्राध्यापकहरूको पारिश्रमिक र अनुसन्धानमा हुने खर्च पनि छिमेकी देशहरूको तुलनामा निकै कम छ ।

यसका साथै क्युएस र्‍याङ्किङको मूल्याङ्कन पद्धतिले पनि पुराना, धनी र स्थापित विश्वविद्यालयहरूलाई बढी फाइदा पुर्‍याउने गर्दछ। यस र्‍याङ्किङमा ५० प्रतिशत अङ्क अनुसन्धान र प्राज्ञिक प्रतिष्ठालाई दिइन्छ भने बाँकी अङ्क रोजगारीको अवसर, शिक्षण अनुभव र अन्तर्राष्ट्रिय सहभागिताका आधारमा तय हुन्छ। पर्याप्त बजेट नभएका र देशको अस्थिर वातावरणका कारण अन्तर्राष्ट्रिय विद्यार्थी वा प्राध्यापकहरू आकर्षित गर्न नसक्ने विकासोन्मुख देशका विश्वविद्यालयहरू यो प्रतिष्पर्धामा स्वतः पछि पर्छन्।

विज्ञहरूका अनुसार पाकिस्तान जस्तो देशले अहिलेको अवस्थामा केवल र्‍याङ्किङको शीर्ष १०० वा २०० मा पर्नका लागि मात्रै दौडिनु बुद्धिमानी हुँदैन। बरु समग्र उच्च शिक्षा क्षेत्रले भोगिरहेका गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्दै, सरकारी लगानी बढाएर र शिक्षणको गुणस्तर सुधारेर जग बलियो बनाउनेतर्फ ध्यान दिनु आवश्यक देखिन्छ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ३ : ३३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको