सरकारी स्वामित्वको कम्पनीमा उत्पन्न संकटले चिनियाँ ऋण बजारमा दुई वर्षयताकै ठूलो गिरावट « Khabarhub

सरकारी स्वामित्वको कम्पनीमा उत्पन्न संकटले चिनियाँ ऋण बजारमा दुई वर्षयताकै ठूलो गिरावट


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ ऋण बजारले दुई वर्षयताकै सबैभन्दा ठूलो बिक्री दबाब (सेलअफ) बेहोरेको छ। सरकारी स्वामित्वको एक प्रमुख समूह ‘झुहाई हुआफा ग्रुप कम्पनी’ वित्तीय संकटमा परेपछि सरकारी सम्बन्धका कारण यस्ता कम्पनीहरु जोखिमबाट जोगिन्छन् भन्ने धारणामाथि प्रश्न उठेको हो।

दक्षिणी प्रान्त ग्वाङ्डोङका स्थानीय सरकारहरूको पूर्ण स्वामित्वमा रहेको हुआफाले गत सोमबार दुईवटा ट्रस्ट उत्पादनको भुक्तानी गर्न नसकेको र केही बैंक ऋणको म्याद थप्न आग्रह गरेको विषयसँग जानकार स्रोतहरूले बताएका छन् । सन् २०२४ अक्टोबरयताकै सबैभन्दा खराब दुईदिने अवधिका रूपमा लगानीकर्ताहरूले चिनियाँ कर्पोरेट बन्डको औसत प्रतिफल (यिल्ड) १०.३ आधार बिन्दुले बढाएका छन्।

विगत केही वर्षदेखि घरजग्गा क्षेत्रमा देखिएको मन्दी र सुस्त आर्थिक वृद्धिका कारण हुआफाको नाफामा असर परेको छ। कम्पनीको ४ खर्ब १३ अर्ब युआन (६२ अर्ब डलर) बराबरको ब्याज तिर्नुपर्ने दायित्वलाई लिएर चिन्ता बढ्दा गत साता यसको अफसोर बन्ड अंकित मूल्यको ५४ प्रतिशतसम्म झरेको थियो। कम्पनी र यसका एकाइहरूको सन् २०२७ को अन्त्यसम्ममा परिपक्व हुने वा समयअगावै भुक्तानी माग हुन सक्ने करिब ५९ अर्ब युआन बराबरको बन्ड रहेको ब्लूमबर्गको तथ्याङ्कले देखाएको छ। यद्यपि, कम्पनीले एउटा ट्रस्ट उत्पादनको भुक्तानी गरेको र यसको घरजग्गा शाखाले सोमबार तिर्नुपर्ने युआन नोटको भुक्तानी गरेपछि सन् २०२७ मा परिपक्व हुने अफसोर बन्ड केही सुधार भई अंकित मूल्यको ६३ प्रतिशतमा पुगेको छ।

हुआफाको संकटको असर चिनियाँ हाई-यिल्ड डलर नोट र स्थानीय सरकारी ऋण बजारमा समेत देखिएको छ। शुक्रबार ३० वर्षे सरकारी बन्ड फ्युचर्समा मार्चयताकै सबैभन्दा ठूलो दैनिक गिरावट आएको व्यापारीहरूले बताएका छन्। कम्पनीको घरजग्गा शाखाले चालु वर्षको पहिलो नौ महिनामा ६ अर्ब ४४ करोड युआन खुद घाटा बेहोरेको विवरण सार्वजनिक गरेको थियो।

रेटिङ एजेन्सीहरूबीच भने हुआफाको मूल्याङ्कनलाई लिएर फरक धारणा देखिएको छ। स्थानीय एजेन्सी ‘चाइना लियान्हे क्रेडिट रेटिङ’ ले स्थानीय सरकारको बलियो समर्थन रहने अपेक्षासहित हुआफालाई ‘ट्रिपल ए’ रेटिङ कायम राखेको छ भने अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ्स’ ले ऋण तिर्ने क्षमता कमजोर हुँदै गएको भन्दै यसलाई ‘रेटिङ वाच नेगेटिभ’ मा राखेको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ५ : २७ बजे

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका

टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका