भारत र अष्ट्रेलियाबीच रणानीतिक निकटता बढ्दै « Khabarhub

भारत र अष्ट्रेलियाबीच रणानीतिक निकटता बढ्दै


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र अष्ट्रेलियाबीच द्विपक्षीय रक्षा तथा सुरक्षा सहयोग अभिवृद्धि गर्ने उद्देश्यले हालै नयाँ संयुक्त घोषणापत्रमा हस्ताक्षर भएको छ। अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजी र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटका क्रममा भएको यस सम्झौताले दुई देशबीचको रणनीतिक साझेदारीलाई थप मजबुत बनाएको छ। हिन्द महासागर क्षेत्रमा बढ्दो सुरक्षा चुनौती र बदलिँदो भूराजनीतिक परिस्थितिबीच दुई देशले यस क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिएका हुन्।

गत जुलाईमा भएको यस भ्रमणका क्रममा दुई देशका शीर्ष नेताहरूबीच संयुक्त समुद्री सुरक्षा सहकार्यसम्बन्धी रोडम्याप, रक्षा क्षेत्र समेटिएको प्रविधि तथा आपूर्ति श्रृङ्खलासम्बन्धी साझेदारी र द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसअघि नै दुई देशबीच रक्षा सामग्री तथा सेवा उपलब्ध गराउने विषयमा समेत सहमति भइसकेको थियो। पछिल्लो समय भारत र अष्ट्रेलियाबीच व्यापारिक तथा जनस्तरको सम्बन्ध मात्र नभई सुरक्षा र रणनीतिक क्षेत्रमा पनि गहिरो मेल खाँदै गएको देखिएको छ।

विशेषगरी हिन्द महासागर र इन्डो-प्यासिफिक क्षेत्रमा शान्ति तथा स्थायित्व कायम गर्न दुई देशले नियमित सैन्य अभ्यास, गुप्तचर सूचना आदानप्रदान र प्रविधिगत सहकार्यलाई बढाउँदै लगेका छन्। अमेरिका र जापानसहितको क्वाड समूहमा आबद्ध यी दुई देशले यस क्षेत्रको सामुद्रिक सुरक्षा, मानवीय सहायता र आपतकालीन राहत कार्यमा समेत संयुक्त रूपमा काम गर्दै आएका छन्। चीनको बढ्दो प्रभाव र क्षेत्रीय सुरक्षा समीकरणमा आएको फेरबदलका कारण दुई देशबीचको यो रणनीतिक निकटतालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ५ : ३१ बजे

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका

टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका