चीन र पाकिस्तानले अफगानिस्तानबारे भने : चरमपन्थीलाई समाप्त गर्न कडा कदम चालियोस् « Khabarhub

चीन र पाकिस्तानले अफगानिस्तानबारे भने : चरमपन्थीलाई समाप्त गर्न कडा कदम चालियोस्


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- पाकिस्तान र चीनले अफगानिस्तानको भूमि कुनै पनि अर्को देशविरुद्ध ‘आतंकवादी गतिविधि’का लागि प्रयोग हुनु नहुने बताएका छन्।

पाकिस्तान–चीन विदेशमन्त्रीस्तरीय रणनीतिक वार्ताको सातौँ चरण सम्पन्न भएपछि सोमबार संयुक्त वक्तव्य जारी गरिएको हो।

यस बैठकका लागि पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसहाक डार बेइजिङ गएका थिए।

वक्तव्यमा भनिएको छ, ‘दुवै पक्षले क्षेत्रीय र विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा बनेका अफगानिस्तानमा रहेका सबै आतंकवादी समूहलाई पूर्ण रूपमा समाप्त गर्न अझ स्पष्ट कदम चाल्नुपर्नेमा जोड दिएका छन्।’

संयुक्त वक्तव्यमा दुवै देशले अफगानिस्तानको विषयमा नजिकको सम्पर्क र समन्वय कायम राख्ने पनि बताएका छन्।

वक्तव्यमा पाकिस्तानले ‘एक चीन’ सिद्धान्तप्रति आफ्नो दृढ प्रतिबद्धता पुनः पुष्टि गरेको छ । ताइवान चीनको अभिन्न भूभाग भएको उल्लेख गरिएको पनि वक्तव्यमा भनिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १ : ३२ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने