द्विपक्षीय सहकार्य थप विस्तार गर्न भारत र भेनेजुएला सहमत « Khabarhub

द्विपक्षीय सहकार्य थप विस्तार गर्न भारत र भेनेजुएला सहमत


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले द्विपक्षीय सहकार्य थप विस्तार गर्न भारत र भेनेजुएला सहमत भएको बताएका छन् । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजसँग टेलिफोन कुराकानी गरेपछि प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले आगामी दिनमा दुई मुलुकबीचको सहकार्यले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे । गत महिनामा अमेरिकाले विशेष कारवाही गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि डेल्सीले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।

भारतीय प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा दुई नेताबीच व्यापार तथा लगानी, ऊर्जा, डिजिटल प्रविधि, स्वास्थ्य, कृषि र जनस्तरको सम्बन्ध विस्तार गर्न सहमती भएको उल्लेख छ । त्यसबाहेक दुई नेताबीच विश्वव्यापी तथा क्षेत्रीय मुद्दाका विविध विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ५ : ०४ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको