आँखा उपचार शिविरमा एक हजारभन्दा बढीले लिए सेवा « Khabarhub

आँखा उपचार शिविरमा एक हजारभन्दा बढीले लिए सेवा


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा एक हजार १३९ जनाले सेवा लिएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वय तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा चैत १९ देखि शनिबारसम्म शिविर सञ्चालन गरिएको थियो । त्यस क्रममा एक सय ४९ जनाको आँखाको शल्यक्रिया, चार सय ८५ ज्येष्ठ नागरिकलाई चस्मा वितरण, सात सय ७० जनालाई औषधि वितरण र शल्यक्रिया गरिएका एक सय १५ जनालाई कालो चस्मा वितरण गरिएको थियो ।

शिविरमा सरगमाथा चौधरी आँखा अस्पताल लहानबाट १३ जना चिकित्सकको टोलीले सेवा दिएको नेपाल नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूले जानकारी दिएका छन् । कोशी प्रदेश सरकारले दिक्तेल रुपाकोट नगरपालिकालाई उपलब्ध गराएको रु चार लाख आर्थिक सहयोगमा शल्यक्रियासहितको निःशुल्क आँखा उपचार शिविर आयोजना गरिएको उनले बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले आँखाको समस्या झेलिरहेका नागरिकलाई लक्षित गरी निःशुल्क शल्यक्रियासहितको शिविर सञ्चालन गरिएको बताए । शिविरमा शल्यक्रिया हुन नसकेका आँखाका बिरामीलाई लहानमा लगेर निःशुल्क सेवा उपलब्ध गराइने उनले जानकारी दिए ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले उद्घाटन गर्नुभएको शिविरको एक कार्यक्रमका बीच आज कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले समापन गरे । विसं २०६० वैशाख १० मा स्थापना गरिएको नेपाल नेत्रज्योति सङ्घले जिल्लाका विभिन्न ठाउँमा निःशुल्क आँखा उपचार तथा निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ९ : ०१ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि