मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक « Khabarhub

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा जारी द्वन्द्वका कारण देखिएको ‘तनाव न्यूनीकरण’ गर्न आफू मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभलाई फोन गरेर ‘चीन र रुस’ले अन्तर्राष्ट्रिय प्रमुख सिद्धान्तका विषयमा निष्पक्षता कायम गर्नुपर्ने बताएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीले आफ्नो समाचारमा उल्लेख गरेको छ।

वाङले भने, ‘मध्यपूर्वमा स्थिति थप बिग्रँदै गएको छ र लडाइँ बढिरहेको छ ।’ उनले फेब्रुअरी २८ देखि सुरु भएको इरानविरुद्ध अमेरिका–इजरायल आक्रमणपछि सुरु भएको लडाइँलाई ’तत्काल युद्धविराम’ गर्न चीनले आह्वान गरेको पनि दोहोर्याए ।

‘संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मारुससँग सहकार्य जारी राख्न, प्रमुख मुद्दामा तत्काल संवाद गर्न चीन इच्छुक छ,’ चिनियाँ विदेशमन्त्री वाङलाई उद्धृत गरी सिन्ह्वाले जनाएको छ ।

बेइजिङ र मस्को घनिष्ठ आर्थिक र राजनीतिक साझेदार हुन् र रूसले सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि उनीहरूबिचको सम्बन्ध थप प्रगाढ भएको छ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १० : ५२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि