गत वर्ष अवैध रुपमा सीमा पार गर्दा १०९ जना पाकिस्तानी नागरिक हताहत वा बेपत्ता « Khabarhub

गत वर्ष अवैध रुपमा सीमा पार गर्दा १०९ जना पाकिस्तानी नागरिक हताहत वा बेपत्ता


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वर्ष गैरकानुनी रूपमा सीमा पार गर्ने क्रममा १०९ जना पाकिस्तानी नागरिक हताहत वा बेपत्ता भएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा यो तथ्य औंल्याइएको छ । सन् २०२६ को ‘मिसिङ माइग्रेन्ट्स प्रोजेक्ट’ अन्तर्गत संकलन गरिएको तथ्याङ्क अनुसार एसिया-प्रशान्त क्षेत्रबाट मात्रै कम्तीमा २ हजार ७२२ व्यक्ति बेपत्ता वा मृत घोषित भएका छन् ।

लगातार दोस्रो वर्ष पनि विश्वभर मृत्यु हुने आप्रवासीहरूको संख्या २ हजार ७०० नाघेको छ। यसले आप्रवासीहरूले सामना गरिरहेको निरन्तरको जोखिमलाई उजागर गरेको आईओएमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यस क्षेत्रमा सबैभन्दा बढी प्रभावित अफगानिस्तान भएको छ।

त्यहाँका १ हजार ५४० नागरिकले ज्यान गुमाएका छन्। दोस्रो स्थानमा म्यानमार रहेको छ जहाँका ९३५ नागरिक बेपत्ता वा मृत छन्। पाकिस्तान १०९ नागरिक सहित तेस्रो स्थानमा रहेको छ। त्यस्तै बंगलादेशका ८० र भारतका १५ जना नागरिक यस सूचीमा परेका छन्।

अन्य ४३ जनाको राष्ट्रियता खुल्न सकेको छैन। लुकीछिपी यात्रा गर्ने र पहिचान गर्न गाह्रो हुने भएकाले वास्तविक मृत्यु हुनेको संख्या योभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ। त्यसैले यो तथ्याङ्कलाई न्यूनतम अनुमान मात्र मान्नुपर्ने आईओएमको भनाइ छ।

सन् २०२५ मा ९१ प्रतिशत मृत्युका घटनाहरू एसिया-प्रशान्त क्षेत्रभित्रै भएका थिए। जसमध्ये दक्षिण एसियाबाट १ हजार ५४७ जना रहेका छन्। सबैभन्दा बढी घटनाहरू अफगानिस्तान र इरान बीचको जमिन मार्गमा भएका छन्। त्यस्तै बंगालको खाडी र अण्डमान समुद्रको जलमार्गमा पनि धेरैले ज्यान गुमाएका छन्। एसिया-प्रशान्त क्षेत्र बाहिर पनि कम्तीमा २५१ जनाको मृत्यु भएको छ। उनीहरूमध्ये अधिकांश युरोप जाने क्रममा दुर्घटनामा परेका हुन्।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  २ : ४९ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि