अब वन क्षेत्रलाई असर गर्नेभए पनि आयोजना सञ्चालन गर्न पाइने « Khabarhub

अब वन क्षेत्रलाई असर गर्नेभए पनि आयोजना सञ्चालन गर्न पाइने


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब वन क्षेत्रलाई असर गर्ने भएपनि वन क्षेत्रमा योजना वा आयोजना सञ्चालन गर्न पाइने भएको छ । सरकारले केही नेपाल संशोधन अध्यादेश जारी गर्दै राष्ट्रिय, प्रदेश तथा तथा स्थानीय स्तरका आयोजना वन क्षेत्रमा सञ्चालन गर्न पाइने व्यवस्था गरेको हो ।

वन ऐन, २०७६ को दफा ४२ मा संशोधन गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, लगानी बोर्डबाट स्वीकृत भएको आयोजना, राष्ट्रिय गौरवका आयोजना वा नेपाल सरकारले तोकेको राष्ट्रिय मापदण्ड पूरा गरेका राष्ट्रिय प्राथमिकता प्राप्त खनिजजन्य उद्योग सञ्चालन गर्न राष्ट्रिय वनको प्रयोग गर्ने बाहेक विकल्प नभएमा मन्त्रिपरिषद्ले त्यस्तो स्वीकृति दिन सक्ने व्यवस्था गरिएको छ । 

त्यस्तै, अध्यादेशमार्फत सरकारले पनि विकास योजना वा आयोजना सञ्चालन गर्दा राष्ट्रिय वनको कुनै भाग प्रयोग गर्नु बाहेक अन्य कुनै विकल्प नभएमा प्रदेश मन्त्रिपरिषद्बाट निर्णय गरेर नेपाल सरकारसमक्ष अनुरोध गर्नसक्ने व्यवस्था गरेको छ । त्यस्तो अनुरोधलाई नेपाल सरकारले स्वीकृति दिनसक्ने व्यवस्था अध्यादेशमा उल्लेख छ ।

तर, ती आयोजनाहरू राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा राजपत्रमा प्रकाशित भएको हुनुपर्ने, उद्योग स्थापना गर्दा प्रयोग गरिने जग्गा बराबरको निजी जग्गामा रूख हुर्काउनुपर्ने लगायतका व्यवस्था पनि अध्यादेशमा उल्लेख छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ५ : ४१ बजे

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी