नेपाल-भारत सीमा विवाद हल्ला र सार्वजनिक रूपमा ढोल बजाएर मात्र समाधान हुँदैन : रवि लामिछाने « Khabarhub

नेपाल-भारत सीमा विवाद हल्ला र सार्वजनिक रूपमा ढोल बजाएर मात्र समाधान हुँदैन : रवि लामिछाने


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतबीचको विद्यमान समस्याहरू चरणबद्ध रुपमा समाधान गरिने बताएका छन् । 

पाँच दिने भारत भ्रमणसम्पन्न गरि शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषय कूटनीतिक माध्यमबाट चरणबद्ध रूपमा समाधान गरिने बताएका हुन् ।

लामिछानेले कुनै पनि विषयको समाधानका लागि कूटनीतिक पहल सबैभन्दा महत्त्वपूर्ण हुने भएकाले  हल्ला र सार्वजनिक रूपमा ढोल बजाएर मात्र समस्या समाधान नहुने जिकिर गरे । 

लामिछानेले अभियन्ता, पत्रकार र राजनीतिक दलले उठाउने विषय तथा तिनको संवेदनशीलता फरक हुने भन्दै राष्ट्रिय हितसँग जोडिएका विषयमा जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले धेरैजसो उच्च राजनीतिक भ्रमण बन्द कोठामा हुने गरेकामा आफ्नो भारत भ्रमणमा क्रममा पारदर्शी रुपमा छलफल भएको बताए । भारतीय प्रधानमन्त्रीसँगको छलफलमा समृद्धिको विषयलाई विशेष जोड दिएको जानकारी दिए । 

लामिछानेले नेपाल–भारत सम्बन्धका केही पक्ष रिसेट गर्न आफ्नो भ्रमणले मद्दत गर्ने भन्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप सकारात्मक ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे । 

सीमाका विषयमा प्रधानमन्त्रीले सार्वजनिक रूपमा व्यक्त गरेका धारणा र त्यसबारे परराष्ट्र मन्त्रालयले जारी गरेको आधिकारिक धारणालाई नै सरकारको औपचारिक दृष्टिकोण मान्नुपर्ने उनको भनाइ छ ।

लामिछानेले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा गरेको र सकारात्मक जवाफ पाएको बताए । 

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ७ : २६ बजे

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६