बंगलादेशमा धार्मिक उग्रवाद बढ्दा क्षेत्रीय सुरक्षामा चिन्ता « Khabarhub

बंगलादेशमा धार्मिक उग्रवाद बढ्दा क्षेत्रीय सुरक्षामा चिन्ता


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि धार्मिक उग्रवाद पुनः बढ्न थालेको भन्दै आधिकारवादीहरुले चिन्ता व्यक्त गरेका छन् ।

बंगलादेशमा बढिरहेको धार्मिक उग्रवादले क्षेत्रीय सुरक्षामा समेत चिन्ता थपेको छ । द डिप्लोम्याटमा प्रकाशित विवरणअनुसार विगतमा हसिना सरकारले जमात-ए-इस्लामी जस्ता कट्टरपंथ दल तथा जिहादी समूहहरूमाथि कडा प्रतिबन्ध लगाएर धार्मिक उग्रवादविरुद्ध ढालको रूपमा काम गरेको थियो ।

अधिनायकवादी शासन शैली अपनाएको भए पनि त्यसलाई उग्रवाद नियन्त्रण गर्ने औजारका रूपमा स्वीकार गरिएको थियो । तर, सन् २०२४ अगस्ट ५ मा हसिनाको अवामी लिग सरकार ढलेपछि बंगलादेशमा उग्रवादीहरूले खुला छुट पाउने आशङ्का बढेको थियो। यसबाट विशेष गरी भारत आफ्नो पूर्वी छिमेकी देश फेरि उग्रवादीहरूको सुरक्षित आश्रयस्थल बन्ने र त्यसले भारतीय भूमिमा समेत खतरा निम्त्याउने आशङ्कामा चिन्तित छ।

हसिना सरकार पतन भएको दुई वर्ष भइसकेको यो स्थितिमा जमात-ए-इस्लामीले संसदीय राजनीतिमा सशक्त पुनरागमन गरेको छ। अहिले कट्टरपंथ समूहहरू संगठित हुँदै गएका छन् भने धार्मिक अल्पसंख्यकहरूमाथि आक्रमणका घटनाहरू पनि बढ्दै गएका छन्।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ४ : ३३ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी