भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा « Khabarhub

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता सूची संशोधनविरुद्ध प्रदर्शनमा उत्रिएका कांग्रेस नेता राहुल गान्धीसहित केही विपक्षी सांसदलाई प्रहरीले मंगलबार केही समय हिरासतमा लिएर रिहा गरेको छ।

विपक्षी दलहरूले संसद् भवनबाट निर्वाचन आयोगको कार्यालयतर्फ पदयात्रा सुरु गरेपछि प्रहरीले ब्यारिकेड लगाएर उनीहरूलाई रोकेको थियो। एएफपीका अनुसार गान्धी ब्यारिकेडनजिक भारतीय झण्डा फहराउँदै उभिनुभएको थियो। त्यसपछि प्रहरीले गान्धीसहित केही सांसदलाई नियन्त्रणमा लिएर केही समयपछि रिहा गरेको हो।

निर्वाचन आयोगका प्रमुख कुमारको राजीनामा माग गर्दै विपक्षी दलहरूले शुक्रबारदेखि प्रदर्शन गर्दै आएका छन्। उनीहरूले निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) को प्रभावमा काम गरेको आरोप लगाएका छन्। आयोगले भने मतदाता सूचीको शुद्धता र अखण्डता कायम गर्न संशोधन गरिएको भन्दै विपक्षीको आरोप अस्वीकार गरेको छ।

विपक्षी नेताहरूले मतदाता सूची संशोधन प्रक्रियामा थप पारदर्शिता आवश्यक रहेको बताएका छन्। उनीहरूले संशोधनका क्रममा योग्य मतदाताको नाम हट्न सक्ने र त्यसबाट उनीहरू मतदानको अधिकारबाट वञ्चित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।

‘द इन्डियन एक्सप्रेस’ को सेप्टेम्बरमा प्रकाशित एक रिपोर्टमा निर्वाचन आयोगका तीन सदस्यमध्ये दुई जनाले मतदाता सूची संशोधनसम्बन्धी प्रमुख निर्णयमा कम्तीमा १४ पटक औपचारिक आपत्ति जनाएको उल्लेख गरिएको थियो।

सन् २०२५ मा संशोधन प्रक्रिया सुरु भएयता करिब एक करोड ३० लाख नागरिकको नाम मतदाता सूचीबाट हटाइएको समाचार रिपोर्टमा दाबी गरिएको छ। विपक्षी दलहरूले यही विषयलाई लिएर निर्वाचन प्रक्रियामा पारदर्शिता कायम गर्न र मतदाताको अधिकार सुनिश्चित गर्न माग गर्दै आएका छन्।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  २ : ०५ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न