नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि
नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२ मा संशोधन गर्दै विदेशी विनिमयसम्बन्धी विभिन्न व्यवस्थाहरूमा व्यापक सरलीकरण र सुविधाको सीमा वृद्धि गरेको छ ।
राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरेको हो ।

संशोधित व्यवस्था अनुसार सटही सुविधा माग गर्ने आयातकर्ताहरूले वस्तु आयात मूल्यको न्यूनतम १० प्रतिशत रकम सामान सिपमेन्ट हुनुपूर्व नै पठाइसकेको हुनुपर्नेछ भने भन्सारबाट सामान जाँचपास हुनुपूर्व पूर्ण भुक्तानी पठाइसकेको हुनुपर्नेछ ।
यसैगरी, ड्राफ्ट वा टीटीको माध्यमबाट आयात हुने वस्तुको सिपमेन्ट हुनुपूर्व आंशिक भुक्तानी भएको विवरण अनुसूची १.९क बमोजिम महिना समाप्त भएको १५ दिनभित्र विभागमा पेस गर्नुपर्ने व्यवस्था थप गरिएको छ ।
म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी
नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले बढेर २ हजार ५७८.७३ अंकमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ अंकले बढेर ४६१.८६ अंकमा पुगेको छ। फ्लोट परिसूचक ०.८२ अंकले बढेर १७७.७१ अंक तथा सेन्सेटिभ फ्लोट परिसूचक ०.७५ अंकले बढेर १५५.८४ अंकमा पुगेको छ।

आज विभिन्न कम्पनीका ८९ लाख ५५ हजार २३० कित्ता सेयर ३ अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ रुपैयाँमा कारोबार भएका छन्।
कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढ्दा दुई उपसमूह घटेका छन्। आज १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ। १५ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान
कुमारी बैंक र महिला उद्यमी महासंघ नेपालबीच साझेदारी
अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने














प्रतिक्रिया