शाक्यमुनि बुद्धका अस्थिधातु अरुणाचलमा « Khabarhub

शाक्यमुनि बुद्धका अस्थिधातु अरुणाचलमा


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रिय सङ्ग्रहालयमा संरक्षित शाक्यमुनि बुद्धका पवित्र अस्थिधातुलाई सोमबार अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले तवाङमा औपचारिक रूपमा स्वागत गरेका छन् । भारतको समृद्ध बौद्ध सम्पदाको प्रदर्शन गर्ने उद्देश्यले आयोजित बृहत् प्रदर्शनीको सुरुवातसँगै ऐतिहासिक गादेन नाम्ग्याल ल्हात्से (तवाङ गुम्बा) मा परम्परागत धार्मिक विधिअनुसार अस्थिधातुको स्वागत गरिएको हो।

भारत सरकारको संस्कृति मन्त्रालयले अरुणाचल प्रदेश सरकार, अन्तर्राष्ट्रिय बौद्ध परिसङ्घ (आईबीसी) र राष्ट्रिय सङ्ग्रहालय नयाँ दिल्लीको सहकार्यमा उक्त प्रदर्शनी आयोजना गरेको हो। उद्घाटन समारोहमा केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावत, मुख्यमन्त्री पेमा खाण्डु, वरिष्ठ बौद्ध भिक्षुहरू, धर्मगुरु, परिसङ्घका प्रतिनिधि तथा श्रद्धालुहरूको उपस्थिति रहेको थियो।

समारोहमा वक्ताहरुले एक शताब्दीभन्दा लामो समयपछि पवित्र पिपरहवा अस्थिधातु भारत फिर्ता हुनु अत्यन्तै गौरव र खुसीको क्षण भएको उल्लेख गर्दै यस प्रदर्शनीले भारतको बौद्ध सम्पदा र भगवान् बुद्धका विश्वव्यापी शिक्षाप्रतिको सम्मानलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

तिब्बती बौद्ध परम्परामा बुद्ध स्वर्गलोकबाट पृथ्वीमा अवतरण गरेको महत्त्वपूर्ण दिन मानिने ‘ल्हाबाब दुचेन’ को अवसर पारेर आयोजना गरिएको यस प्रदर्शनीको विशेष आध्यात्मिक महत्त्व रहेको छ। प्राचीन कपिलवस्तु र शाक्य परम्परासँग जोडिएको उत्तर प्रदेशको पिपरहवा पुरातात्त्विक स्थलबाट प्राप्त यी पवित्र अस्थिधातु राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित छन्।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ६ : ०३ बजे

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका

टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका