आजका समाचार : राष्ट्रियसभामा चार दलको भागबन्डा, एमाले अन्तत: निर्वाचनमा होमियो, कुलमानले राजीनामा नदिने र फेरि चर्कियो थाई–कम्बोडिया तनाव « Khabarhub

आजका समाचार : राष्ट्रियसभामा चार दलको भागबन्डा, एमाले अन्तत: निर्वाचनमा होमियो, कुलमानले राजीनामा नदिने र फेरि चर्कियो थाई–कम्बोडिया तनाव


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय सभा निर्वाचन : कांग्रेस र एमालेसहित चार दलबीच यसरी गरियो भागबन्डा

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच भागबन्डा हुने भएको छ। यी दलहरू गठबन्धन गरेर माघ ११ गते हुने राष्ट्रिय सभाका १८ सिटको निर्वाचनमा जान लागेका हुन् ।

राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमसहित १८ जनाका लागि हुने निर्वाचनमा चारै दलले भागबण्डामार्फत् अगाडि बढ्ने अवस्था रहेको ब्रिफिङ अध्यक्ष केपी शर्मा ओलीले मंगलबार एमाले सचिवालय बैठकमा गरेका छन् ।

ओलीको ब्रिफिङ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भागबण्डाबारे छलफल भइसकेको छ । यसमा अब उपेन्द्र यादव र महन्थ ठाकुर नेतृत्वको जसपा नेपाल पनि जोडिनेछ ।

राष्ट्रिय सभामा एमालेले कांग्रेससँग तालमेल गर्ने, सातवटा सिटमा दाबी

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले दलहरूसँग तालमेल गर्ने

सानेपामा तनाव, कांग्रेस नेताहरू अर्कै गेटबाट कार्यालय छिरे (तस्बिरहरू)

कोशी सरकारका सबै मन्त्री फेरिए, कांग्रेस-एमालेले दिए नयाँलाई अवसर

केन्द्रीय समितिले नै विशेष महाधिवेशन बोलाउनुपर्छ : शेखर कोइराला

एमालेले चुनावी घोषणा पत्र ओलीको नेतृत्वमा लेख्ने, ईश्‍वर पोखरेललाई पनि राखियो

चुनावसम्मलाई एमालेले तोक्यो प्रदेश संयोजक, संगठन विभागमा भानुभक्त

भेनेजुएलामा अमेरिकी आक्रमणविरुद्ध एमाले, भन्यो : यो न्यायिक दृष्टिले स्वीकार्य हुन सक्दैन

एमालेले चुनावी घोषणा पत्र ओलीको नेतृत्वमा लेख्ने, ईश्‍वर पोखरेललाई पनि राखियो

नेकपा एमालेले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि घोषणा पत्र मस्यौदा कमिटी बनाएको छ। एमालेको मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको घोषणा पत्र मस्यौता समिति बनाएको हो ।

उक्त समितिमा अध्यक्ष ओलीसँगको प्रतिस्पर्धामा पराजित तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पनि राखिएको छ।

बैठकपछि उपमहासचिव लेखराज भट्टले दिएको जानकारी अनुसार यो घोषणा पत्र मस्यौदा समितिमा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, केन्द्रीय सदस्यद्वय ईश्वर पोखरेल र प्रदीप ज्ञवाली तथा विष्णु रिमाललाई समेटिएको छ ।

एमालेले बादललाई बनायो फागुन २१ को चुनावी कमाण्डर

ठुला दल मिल्दा घोषित मितिमा निर्वाचन नहुने आशङ्का छ : महेश बस्नेत

एमाले भोजपुरबाट प्रतिनिधि सभा उम्मेदवारमा शेरधन राई सर्वसम्मत

चुनावसम्मलाई एमालेले तोक्यो प्रदेश संयोजक, संगठन विभागमा भानुभक्त

सचिवालयमा ओलीको जवाफ- राष्ट्रिय सभामा कांग्रेस र नेकपा दुवैसँग मिल्न सकिन्छ, प्रतिनिधि सभाबारे पछि सोचौँला

ओलीले खोसे आफूलाई चुनौती दिने ईश्वरको जिम्मेवारी, अब एमालेको नीति अनुसन्धान विष्णु रिमालले गर्ने


नेकपाले माग्यो राष्ट्रिय सभाका चार सिट, नदिए तीन वटामा चित्त बुझाउने

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को परामर्श बैठक पेरिस डाडाँमा सकिएको छ। बैठकमा मुख्य गरी राष्ट्रियसभा निर्वाचनबारे कुरा भएको छ।

नेपाली कांग्रेस, नेकपा एमाले र जसपासँग मिलेर राष्ट्रिय सभामा सिट बाँडफाड गर्दा मतभारको आधारमा संख्या चाहिने विषयमा नेताहरू एकमत भएका छन्। बैठकमा उपस्थित एक नेताकाअनुसार नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह(संयोजक माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालले मतभारका आधारमा सिट पाउनु पर्नेबारे छलफल गरेका हुन्।

बैठकमा प्रचण्डले भारत जानुअगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको विषयमा पनि ब्रिफिङ गरेका थिए। ब्रिफिङका क्रममा राष्ट्रिय सभामा मिलेर जानेबारे छलफल भएको उनले बताए । तर त्यसबेला नभएकाले मतभारका आधारमा सिट पाउनुपर्ने अडान राखेको उनले उल्लेख गरे ।

मतभारकै आधारमा सिट पाउनुपर्ने नेकपा नेताहरूको अडान छ । राष्ट्रियसभाका चार सिटमा आफूहरूको दाबी रहेको निष्कर्ष नेकपाको परामर्श बैठकले निकालेको छ ।

रवि-बालेन एकताबारे प्रचण्ड : अप्ठेरोमा साथ दिएर गृहमन्त्री बनायौँ, गठबन्धनबाट डराउँदैनौँ

नेकपाले आगामी २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने

नेकपाको परामर्श बैठक, राष्ट्रिय सभा निर्वाचनबारे निर्णय लिँदै

राष्ट्रिय सभामा एमालेले कांग्रेससँग तालमेल गर्ने, सातवटा सिटमा दाबी

मन्त्रिपरिषद्को निर्णय : सेनाका ६ अधिकारीको बढुवा, आईओएम फण्डमा १० हजार डलर

सरकारले सार्वजनिक निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्नेसम्बन्धी सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा पुष २१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता जगदीश खरेलले राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्नेसम्बन्धी सुझाव कार्यदलबाट पेश भएको प्रतिवेदन कार्यान्वयनका लागि अर्थ मन्त्रालयलाई जिम्मा दिइएको बताए ।

बैठकले पुस २९ र ३० गते बंगलादेशको ढाकामा हुने नेपाल बंगलादेश वाणिज्य सचिवस्तरको आठौं बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ । उता प्रहरीको सङ्गठन, संरचना तथा दरबन्दी तयारी स्वीकृत गर्ने निर्णय भएको उनले बताए ।

त्यसैगरि बैठकले नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता स्वरूप एकपटकका लागि आईओएम फण्डमा १० हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए ।

निर्वाचनको वातावरण बनेको छ : कानूनमन्त्री सिन्हा

निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल

कुलमानको गुनासो : केही नेता र पत्रकार बिजुली सस्तोमा बेच्यो, महँगोमा किन्यो भन्दै हिँडे

सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल

चुनाव सुरुङमार्गको प्रवेशमै अल्झियो : गोकुल बास्कोटा

कार्की आयोगमा ओलीले दिएको जवाफका पाँच बुँद

कुलमानले राजीनामा नदिने, उज्यालो नेपाल र रास्वपालाई बिर्सिँदै भने : म कुनै पार्टीको सदस्य छैन

ऊर्जामन्त्री कुलमान घिसिङले सरकारबाट राजीनामा नदिने बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले आजका मितिसम्म आफू कुनै पनि दलको सदस्य नरहेको बताएका हुन् ।

आजका दिनसम्म कुनै पार्टीको सदस्य नभएको स्पष्टिकरण दिँदै उनले सरकारबाट नबाहिरिने अडान लिएका हुन् । पत्रकारहरूले उनलाई सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा दलको नेताको हैसियत हुँदा पनि किन बसिरहनु भएको भनेर सोधेका थिए ।

ती पत्रकारले आयोजकबाट राजनीतिक प्रश्न गर्न नपाइने भनेर माइक खोस्दा पनि प्रश्न सोधेपछि कुलमानलाई अप्ठ्यारो परेको थियो ।

निर्वाचन आउन ५८ दिन बाँकीः आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

गैरीगाउँ आगलागी : ११ दमकल, सेना र प्रहरीले दुई घण्टामा निभाए आगो

सर्वदलीय बैठकबाट विवाद टुङ्गिएसँगै वीरगञ्जमा ‘कर्फ्यू’ हटाइयो

तीनकुनेको काठ गोदाममा आगलागी (तस्बिरहरू)

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

इरानमा प्रदर्शन हिंसात्मक, ३५ जनाको मृत्यु

इरानमा आर्थिक कठिनाइविरुद्ध भइरहेको विरोध प्रदर्शनका क्रममा भएको हिंसामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । यस्तै एक हजार २०० भन्दा बढीलाई हिरासतमा लिइएको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन् । देशको धर्मतन्त्रले एउटा पश्चिमी प्रान्तमा अशान्तिलाई स्वीकार गरेपछि त्यहाँ सुरक्षा बलले एक अस्पतालमा छापा मारेको बताइएको छ ।

एक हप्ताभन्दा बढी समयदेखि जारी प्रदर्शनमा २९ जना प्रदर्शनकारी, चार बालबालिका र दुई जना सुरक्षा बलका सदस्यको ज्यान गएको बताइएको छ । देशका ३१ मध्ये २७ प्रान्तका २५० भन्दा बढी स्थानमा प्रदर्शन फैलिएको जनाइएको छ । इरानभित्रैको कार्यकर्ता सञ्जालमा आधारित रिपोर्टिङ यसअघि पनि विश्वसनीय ठहरिँदै आएको छ ।

अर्ध–आधिकारिक फार्स समाचार एजेन्सीका अनुसार झडपका क्रममा करिब २५० जना प्रहरी र रिभोलुसनरी गार्डका बासिज स्वयंसेवक बलका ४५ सदस्य घाइते भएका छन् । तर सरकारले मृतक र घाइतेको समग्र विवरण सार्वजनिक गरेको छैन ।

इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो

थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो

अमेरिकाको ध्यान भेनेजुएलातर्फ केन्द्रित हुँदा, युक्रेन वार्ता अन्योलमा

कम्बोडियाले युद्धविराम उल्लङ्घन गरेको थाइल्यान्डको आरोप

अमेरिकी अदालतमा मदुरो : म अझै पनि राष्ट्रपति हुँ, मलाई ‘अपहरण’ गरेर ल्याइयो

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

बंगलादेशमा बढ्दै हिन्दूविरुद्धको हिंसा, १८ दिनभित्र छैटौँको हत्या

श्रीलंकामा सन् २०२५ सबै भन्दा धेरै विदेशी पर्यटक आगमन

युक्रेनका सहयोगीहरू सुरक्षा ग्यारेन्टीको लागि छलफलमा













प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ७ : ५५ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान