उज्बेक राष्ट्रपति आएका बेला इस्लामावादमा बम आक्रमण, ३१ जनाको मृत्यु « Khabarhub

उज्बेक राष्ट्रपति आएका बेला इस्लामावादमा बम आक्रमण, ३१ जनाको मृत्यु


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादको मस्जिदमा भएको आत्मघाती बम हमलामा परी ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । इस्लामावादको तरलाइ क्षेत्रमा रहेको इमाम बरगाह कसर ए खदिजातुल कुब्र मस्जिदमा आत्मघाती हमलाकारीले बम विस्फोट गराएको हो ।

शुक्रबारको प्रार्थाना चलिरहेका बेला बम हमला भएको अल जजीराले उल्लेख गरेको छ । घटनामा ३१ जनाको ज्यान गएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएकोे छ ।

उज्बेकिस्तानका राष्ट्रपति शभकत मिर्जियोएभ दुई दिने पाकिस्तान भ्रमणमा रहेका बेला इस्लामावादमा विस्फोट भएको हो ।

घटनामा अरु १ सय ६९ जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेका अस्पतालमा रगत अभाव देखिएको छ । अस्पताल र स्थानीय प्रशासनले घाइतेको सहयोगमा रक्तदान गर्न सर्वसाधारणसमक्ष आह्वान गरेका छन् ।

सामाजिक सञ्जाल तथा पाकिस्तानी सञ्चार माध्यमले सार्वजनिक गरेका घटनास्थलका तस्बिर र भिडियोमा मस्जिदको भग्नावशेषमा रगताम्य शव लडिहेको देखिन्छ ।

हाल घटनास्थललाई सुरक्षाकर्मीले पूर्ण रुपमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डनले उल्लेख गरेको छ ।

प्रधानमन्त्री शहबाज शरिफले आक्रमणको निन्दा गरेका छन् ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ५ : १८ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको