भारतद्वारा श्रीलंकालाई थप १० बेलीब्रिज प्रदान « Khabarhub

भारतद्वारा श्रीलंकालाई थप १० बेलीब्रिज प्रदान


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले श्रीलंकालाई थप १० वटा बेलीब्रिज प्रदान गरेको छ । भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै डिट्वा नामक आँधीबाट प्रभावित श्रीलंकालाई १० वटा नयाँ बेलीब्रिज प्रदान गरिएकोे जनाएको छ ।

उक्त परिमाणको बेलीब्रिज भारतको भिशाखापट्नम बन्दरगाहबाट श्रीलंकाको कोलम्बो बन्दरगाह पुर्‍याइएको छ । भारतीय नौसेनाको आइएनएस घडियालले उक्त सामग्री कोलम्बो पुर्‍याएको डेलीन्यूज श्रीलंकाले जनाएको छ ।

आँधीपछि पूर्वाधार पुनर्निमाणका लागि भारतले श्रीलंकालाई सहयोग प्रदान गरेको हो । यसअघि पनि भारतले श्रीलंकाका विभिन्न स्थानमा बेलीब्रिज निर्माण गरेर सहयोग गरेको छ ।

यसअघि भारतीय विदेशमन्त्री एस जयशङ्करले श्रीलंकाको भ्रमण गरी ४५ करोड अमेरिकी डलर बराबरको विशेष आर्थिक प्याकेज घोषणा गरेका थिए । आँधीपछि भारतले श्रीलंकालाई सहयोग गर्न अपरेशन सागर बन्धु नामक अभियान नै सञ्चालन गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ५ : १३ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको