भ्रष्टाचारको आरोपमा चिनियाँ आकस्मिक व्यवस्थापन मन्त्रीविरुद्ध अनुसन्धान शुरु « Khabarhub

भ्रष्टाचारको आरोपमा चिनियाँ आकस्मिक व्यवस्थापन मन्त्रीविरुद्ध अनुसन्धान शुरु


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा आकस्मिक व्यवस्थापनमन्त्रीमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान शुरु भएको छ । चिनियाँ आकस्मिक व्यवस्थापनमन्त्री वाङ शिङ्शीमाथि ‘कानुन र अनुशासनको गम्भीर उल्लङ्घन’ गरेको आरोपमा भ्रष्टाचार शुरु भएको हो ।

यसबारे चीनको केन्द्रीय अनुशासन आयोगले थप विवरण भने सार्वजनिक नगरेको समाचार संस्था रोयटर्सले जनाएको छ । वाङ हाल सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको सचिव पदमा रहेको जनाइएको छ ।

सन् २०२२ मा पद सम्हाल्नुअघि ६३ वर्षीय वाङले राज्यसञ्चालित राष्ट्रिय ऊर्जा लगानी संस्थाको प्रमुखका रुपमा काम गरेका थिए ।

चीनमा बहालवाला मन्त्रीमाथि अनुसन्धानको घटना तुलनात्मक रुपमा दुर्लभ मानिन्छ । राष्ट्रपति बनेयता सी जिन्पिङले भ्रष्टाचारविरोधी विशेष अभियान सञ्चालन गर्दै आएका छन् । हालैमात्र चिनियाँ सैन्य आयोगका उपाध्यक्ष झाङ युशियाविरुद्ध पनि अनुसन्धान थालिएको थियो ।

कतिपय आलोचकले भने राष्ट्रपति सीले आफ्ना प्रतिस्पर्धीलाई परास्त गर्नका लागि भ्रष्टाचारविरोधी अभियानको दुरुपयोग गर्दै आएको आरोप लगाउने गरेका छन् ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ६ : ५२ बजे

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई

पोखरा पुगे भारतीय सेना प्रमुख धीरज सेठ (तस्बिरहरू)

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय