नेमकिपाको गढ भक्तपुर-१ मा घन्टीले ८८८ मत ल्याउँदा मादलको ७५ « Khabarhub

नेमकिपाको गढ भक्तपुर-१ मा घन्टीले ८८८ मत ल्याउँदा मादलको ७५


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रन्जितले ठुलो अन्तरले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार रन्जितले ८८८ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई निकै पछि पारेका हुन्।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेले पछ्याइरहेका छन्। न्यौपानेले हालसम्म २३५ मत प्राप्त गरेका छन्। भक्तपुरको यो क्षेत्रमा परम्परागत रूपमा बलियो मानिएको नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल भने सुरुवाती चरणमा केही पछि देखिएका छन्। सुवालले हालसम्म ७५ मत मात्रै प्राप्त गरेका छन्।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भरत बहादुर खड्काले ६१ मत र नेकपा (एमाले) का उम्मेदवार सोम प्रसाद मिश्रले ५९ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हरि राम लवजूको पक्षमा भने ११ मत परेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ४ : ३४ बजे

झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन

बनियानी– जिल्लामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ