उत्तरको आकाशमा ड्रोन उडेपछि दक्षिण कोरियाली राष्ट्रपतिद्वारा खेद प्रकट « Khabarhub

उत्तरको आकाशमा ड्रोन उडेपछि दक्षिण कोरियाली राष्ट्रपतिद्वारा खेद प्रकट


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्नो मुलुकबाट उडेको चालकरहित हवाइ उपकरण (ड्रोन) उत्तर कोरियाली आकाश प्रवेश गरेको घटनामा दक्षिण कोरियाका राष्ट्रपतिले खेद प्रकट गरेका छन् । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले आफ्नो मुलुकबाट उडेको ड्रोन उत्तर कोरिया प्रवेश गरेको विषयमा खेद प्रकट गरेका हुन् ।

उनले यस घटनालाई दुर्भाग्य भन्दै आफ्नो सरकारका तर्फबाट नभइ कुनै व्यक्तिले उक्त ड्रोन उडाएको हुनसक्ने उल्लेख गरे । उनले आइन्दा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

केही गैरजिम्मेवार र लापरवाही व्यक्तिको गतिविधिका कारण उत्तरसँग अनावश्यक सैन्य तनाव बढेको उनले मन्त्रिपरिषद् बैठकमा जानकारी दिए । उनले आफ्नो मुलुकका अधिकारीले यसबारे छानबिन गर्दा राष्ट्रिय अनुसन्धान सेवाका कर्मचारी र एक जना सैन्य अधिकारी यस घटनामा संलग्न रहेको पाइएको बताए ।

उनले दक्षिण कोरियाली संविधानले उत्तरविरुद्ध उत्तेजना निम्त्याउन कसैलाई पनि छुट नदिएको स्पष्ट पारेका छन् । उत्तर कोरियाले गत जनवरी महिनामा दक्षिणबाट उडेका ड्रोन आफ्नो आकाश प्रवेश गरेको भन्दै कडा आक्रोश व्यक्त गरेको थियो ।

उत्तरले गम्भीर उत्तेजना निम्त्याउन दक्षिण कोरियाले आफ्नो आकाशमा ड्रोन उडाएको आरोप लगाएको थियो । उत्तरले उक्त ड्रोन आकाशमै नष्ट पारेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ३ : ५९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार