गुजरातमा निर्मित सेमिकन्डक्टर प्लान्टको मोदीले गरे उद्घाटन « Khabarhub

गुजरातमा निर्मित सेमिकन्डक्टर प्लान्टको मोदीले गरे उद्घाटन


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरात राज्यस्थित अहमदाबादको सानन्दमा ३ हजार ३ सय करोड भारुको लागतमा निर्मित सेमिकन्डक्टर प्लान्टको उद्घाटन गरेका छन् । ‘केन्स टेक्नोलोजी’ द्वारा निर्मित यो प्लान्ट भारतको दोस्रो ठूलो चिप उत्पादन केन्द्र हो ।

यसले भारतको आन्तरिक चिप उत्पादन क्षमतालाई बलियो बनाउने विश्वास गरिएको छ। प्रधानमन्त्री मोदीले भारत विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति प्रणालीमा एक भरपर्दो साझेदार बन्ने लक्ष्य राखेको बताए । भारतले पछिल्लो बजेटमा ‘सेमिकन्डक्टर मिसन २’ को सुरुवात गरेको छ।

यसको मुख्य उद्देश्य हरेक उत्पादन क्षेत्रमा भारतलाई आत्मनिर्भर बनाउनु हो । प्रधानमन्त्री मोदीका अनुसार भारत अब विश्वमा आउने परिवर्तनको साक्षी मात्र नभई त्यसको नेतृत्व गर्न तयार छ । भारतले ‘प्याक्स सिलिका’ पहलमा सहभागी हुने निर्णय गरेसँगै चिप बनाउन आवश्यक पर्ने महत्त्वपूर्ण खनिजहरूमा पहुँच बढ्ने उनले उल्लेख गरे ।

गुजरातका विज्ञान तथा प्रविधि मन्त्री अर्जुन मोढवाडियाका अनुसार यस प्लान्टबाट दैनिक ७ लाखभन्दा बढी चिपहरू उत्पादन हुनेछ । केही समयअघि मात्रै माइक्रोन सेमिकन्डक्टर प्लान्टको पनि उद्घाटन गरिएको थियो । प्रधानमन्त्रीले विकसित देशहरूमा वर्षौँ लाग्ने यस्ता जटिल प्रक्रियाहरू भारतले ९०० दिनमै पुरा गरेको दाबी गरे ।

स्पष्ट नीति र राष्ट्रिय विकासप्रतिको समर्पणले असम्भव कार्य पनि सम्भव भएको उहाँको भनाइ छ। यसैबीच, प्रधानमन्त्री मोदीले गान्धीनगरको कोबा तीर्थमा सम्राट सम्प्रति संग्रहालयको पनि उद्घाटन गरे । महावीर जयन्तीको अवसर पारेर उद्घाटन गरिएको यस संग्रहालयले जैन धर्मको ऐतिहासिक र सांस्कृतिक विरासतलाई समेटेको छ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ३ : ५७ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ