करिब १ करोड ६० लाख बंगलादेशी गम्भीर खाद्य संकटमा « Khabarhub

करिब १ करोड ६० लाख बंगलादेशी गम्भीर खाद्य संकटमा


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२५ मा बंगलादेशका करिब १ करोड ६० लाख मानिसले गम्भीर खाद्य संकटको सामना गरेका छन् । खाद्य संकटसम्बन्धी पछिल्लो ‘ग्लोबल रिपोर्ट अन फूड क्राइसिस’ ले यो तथ्यांक सार्वजनिक गरेको हो । यससँगै बंगलादेश विश्वकै सबैभन्दा बढी खाद्य संकट झेलिरहेका शीर्ष १० देशको सूचीमा परेको छ ।

यो प्रतिवेदन संयुक्त राष्ट्रसंघका निकायहरु, युरोपेली संघ र अन्य साझेदारहरुले संयुक्त रुपमा प्रकाशन गरेका हुन् । प्रतिवेदनका अनुसार यी १० देशको अवस्था यस वर्ष पनि सुधार हुने संकेत देखिएको छैन । गत वर्ष विश्वभर करिब २६ करोड ६० लाख मानिसले तीव्र खाद्य असुरक्षा भोगेका थिए । बंगलादेश, अफगानिस्तान, म्यानमार र पाकिस्तानसहितका देशमा मात्रै यसको दुई तिहाइ हिस्सा रहेको छ । सूचीमा कंगो, नाइजेरिया, दक्षिण सुडान, सुडान, सिरिया र यमन पनि छन् ।

प्रतिवेदनले आर्थिक कमजोरीका कारण नागरिक र राष्ट्रको क्षमता कमजोर बन्दै गएको उल्लेख गरेको छ । विश्वका आधा गरिब मानिसहरु पाँचवटा देशमा बस्छन् । तीमध्ये बंगलादेश, कंगो र नाइजेरिया लामो समयदेखि खाद्य संकटबाट गुज्रिरहेका छन् । पर्याप्त खाना र जीविकोपार्जनमा संकट आउनु नै तीव्र खाद्य असुरक्षा हो ।

यद्यपि, बंगलादेशले केही सुधार पनि गरेको छ । सन् २०२४ को तुलनामा सन् २०२५ मा खाद्य असुरक्षा भोग्नेको संख्या ३२ प्रतिशतले घटेको छ । गत वर्ष बंगलादेशमा कुनै ठूला प्राकृतिक प्रकोप आएनन् । तर, त्यहाँ रहेका म्यानमारका रोहिंग्या शरणार्थीहरुको अवस्था भने बिग्रिएको छ । नयाँ शरणार्थीको आगमन, बाढी र मानवीय सहायतामा भएको कटौतीले समस्या बढाएको हो ।

बंगलादेश अहिले मध्यम पोषण संकट सामना गरिरहेका देशहरुको सूचीमा पनि छ । राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक कु डोङ्युका अनुसार खाद्य असुरक्षा अहिले अस्थायी समस्या मात्र रहेन । यो समस्या अब संरचनात्मक र निरन्तर दोहोरिने प्रकृतिको भएको छ । विश्वमा द्वन्द्व नै भोकमरीको मुख्य कारण बनेको छ ।

यस संकटको सबैभन्दा ठूलो मार बालबालिकामा परेको छ । सन् २०२५ मा ३ करोड ५५ लाख बालबालिका कुपोषणको सिकार भए । तीमध्ये करिब १ करोड बालबालिका चरम कुपोषणबाट पीडित छन् । युनिसेफका प्रवक्ता रिकार्डो पिरेसका अनुसार चरम कुपोषित बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । यसले गर्दा उनीहरुको ज्यान जाने जोखिम उच्च रहन्छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सहायता लगानी बढाउन र द्वन्द्व अन्त्य गर्न आह्वान गरेका छन् । प्रतिवेदनले सन् २०२६ को दृष्टिकोण पनि सुखद नरहेको बताएको छ । जारी द्वन्द्व, जलवायु परिवर्तनको धक्का, आर्थिक अस्थिरता र आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण खाद्य संकट कायमै रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  २ : ४४ बजे

मनिलामा अमेरिका–रुसबीच युक्रेन युद्धबारे उच्चस्तरीय छलफल

मनिला– दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को शिखर सम्मेलनका क्रममा

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

चितवन– चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ

शिक्षा मन्त्रीविरूद्ध ‘नेपो बेबी मुर्दावाद’ को नारा, ५ जना पक्राउ (तस्बिरहरू)

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् ।   त्रिभुवन विश्वविद्यालयको

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

भद्रपुर– अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी