ककरोच जनता पार्टीको प्रदर्शनमा सोनम वाङचुकको समर्थन, दिल्लीमा सुरक्षा कडा « Khabarhub

ककरोच जनता पार्टीको प्रदर्शनमा सोनम वाङचुकको समर्थन, दिल्लीमा सुरक्षा कडा


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भारतको नयाँ दिल्लीस्थित ऐतिहासिक जन्तरमन्तरमा शनिबार ककरोच जनता पार्टी (सीजेपी) को ब्यानरमा सयौँ विद्यार्थीले प्रदर्शन गरेका छन् । विभिन्न परीक्षा तथा सरकारी भर्ना प्रक्रियाहरूमा देखिएका अनियमितताको विरोध र भारतीय शिक्षा प्रणालीमा तत्काल सुधारको माग गर्दै आयोजित यस प्रदर्शनमा प्रसिद्ध शिक्षाविद् तथा अभियन्ता सोनम वाङचुकले पनि ऐक्यबद्धता जनाएका छन् ।

अनलाइन अभियानका रूपमा सुरु भएको यस आन्दोलनलाई सम्बोधन गर्दै वाङचुकले आफूलाई आन्दोलन र प्रदर्शन मन नपर्ने भए पनि न्यायका लागि लडिरहेका विद्यार्थीहरूको पक्षमा उभिन बाध्य भएको बताए । उनले दिल्लीमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएकोमा केन्द्रीय सरकारको प्रशंसा गर्दै देशको शिक्षा प्रणालीमा आमूल परिवर्तनको आवश्यकता औँल्याएका छन् ।

सम्बोधनका क्रममा वाङचुकले एउटा महत्त्वपूर्ण र सर्वपक्षीय सुधारको प्रस्ताव अघि सारेका छन् । राजनेता र कर्मचारीहरूका छोराछोरीले अनिवार्य रूपमा सरकारी शिक्षण संस्थाहरूमा पढ्नुपर्ने धारणा राख्दै उनले यसो भएमा मात्र सरकारी शिक्षाको स्तर सुध्रिने र प्रणालीमा रहेका व्यक्तिहरूले सर्वसाधारण नागरिकले भोग्नुपरेको समस्या महसुस गर्ने दाबी गरे ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले उनलाई देशको शिक्षामन्त्री बन्न आग्रह गर्दै लगातार नाराबाजी गरे पनि उनले आफ्नो कुनै राजनीतिक महत्वाकांक्षा नरहेको प्रष्ट पारे। युवाहरूले नै देशको जिम्मेवारी लिनुपर्ने भन्दै उनले राजनीतिमा प्रवेश गर्ने कुरालाई पूर्ण रूपमा अस्वीकार गरे ।

यो आन्दोलन विशेष गरी नीट, सीबीएसई), सीयूईटी र एसएससी जस्ता महत्वपूर्ण परीक्षाहरूमा भएका भनिएका धाँधली र अनियमितता विरुद्ध केन्द्रित रहेको छ । ककरोच जनता पार्टीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागेको छ । ककरोच जनता पार्टीका अनुसार यस्ता परीक्षाका प्रश्नपत्रहरू बाहिरिएपछि तनाव र त्रुटिपूर्ण शिक्षा प्रणालीका कारण विद्यार्थीहरु आत्महत्या गर्न बाध्य भएका छन् । आत्महत्या गर्न बाध्य विद्यार्थीको स्मरणमा प्रदर्शनकारीले श्रद्धाञ्जली अर्पण समेत गरेका छन् ।

मृतक विद्यार्थीहरूको नाम पढेर सुनाइँदा उपस्थित भीडले केही बेर मौनधारण गरेको थियो । आन्दोलनको प्रतीकका रूपमा धेरैजसो सहभागीहरूले ककरोच (साङ्लो) को मास्क लगाएका थिए भने कतिपयको हातमा फूल र भारतीय राष्ट्रिय झण्डा थियो । कलेजका विद्यार्थी र युवाहरूसँगै स्कुले बालबालिका र उनीहरूका अभिभावकहरू पनि ऐक्यबद्धता जनाउन जन्तरमन्तर पुगेका थिए ।

परीक्षामा भएको अनियमितताको जिम्मेवारी लिँदै प्रधानले राजीनामा दिनुपर्ने प्रर्दशनकारीको माग छ । ककरोच जनता पार्टीले सामाजिक सञ्जालमा एक महिनादेखि अभियान चलाउँदा पनि सरकारले माग सम्बोधन गर्नुको साटो आफूहरूको सामाजिक सञ्जालका खाताहरू ह्याक गर्ने र पोस्टहरू हटाउने जस्ता हर्कत गरेको पार्टीका संस्थापक अभिजित दिपकेले आरोप लगाएका छन् ।

आफूहरूलाई मेट्न नसक्ने चेतावनी दिँदै दिपकेले शनिबार बिहान दिल्ली ओर्लिँदा आफू पक्राउ पर्न सक्ने डर भए पनि देशका युवा र विद्यार्थीहरू कसैसँग नबिक्ने र नझुक्ने दृढता व्यक्त गरेका छन् । प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली पुलिसले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, सीमा नाका र अन्य संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था निकै कडा पारेको छ ।

नयाँ दिल्ली क्षेत्रमा मात्रै एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको भए पनि आयोजकहरूले प्रदर्शनकारीहरूलाई पूर्ण रूपमा शान्ति र अनुशासन कायम राख्न अपिल गरेका छन् । दिपकेले आफ्ना समर्थकहरूलाई सुरक्षाकर्मीहरूप्रति सद्भाव र कृतज्ञता प्रकट गर्दै फूलहरू उपहार दिन र साथमा पुस्तक तथा राष्ट्रिय झण्डा बोक्न आग्रह गरेका थिए । अभियन्ता सोनम वाङचुकले यसअघि नै यदि दिपकेलाई पक्राउ गरिएमा आफूले ६ हप्ता लामो भोक हडताल गर्ने घोषणा समेत गरिसकेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ४ : २८ बजे

इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार

तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३-८४ का लागि कक्षा ११ र

दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित

काठमाडौं – दक्षिण सुडानको पूर्वी जोङ्लेई राज्यमा जारी द्वन्द्व र असुरक्षाका कारण

संसदमा कुस्ती खेल्ने सांसदलाई मनोविदका ५ सुझाव : माइण्ड मेकअपदेखि सात्विक आचरणसम्म

काठमाडौं- लोकतान्त्रिक व्यवस्थामा संसद् केवल कानुन निर्माण गर्ने थलो मात्र