भारतले भियतनामलाई ब्रह्मोस मिसाइल आपूर्ति गर्ने, इन्डोनेसियासँग पनि अन्तिम तयारी « Khabarhub

भारतले भियतनामलाई ब्रह्मोस मिसाइल आपूर्ति गर्ने, इन्डोनेसियासँग पनि अन्तिम तयारी


२३ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले रुससँग मिलेर संयुक्त रूपमा विकास गरेको ब्रह्मोस मिसाइल भियतनामलाई आपूर्ति गर्ने गरी एक महत्वपूर्ण सम्झौता गरेको छ । भारतका रक्षा सचिव राजेशकुमार सिंहले यसबारे जानकारी दिँदै इन्डोनेसियासँग पनि यस्तै प्रकारको मिसाइल सम्झौताको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

सिङ्गापुरमा आयोजित ‘शाङ्ग्रिला डायलग’ सुरक्षा सम्मेलनमा बोल्दै उनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का देशहरूप्रति भारतको बलियो प्रतिबद्धता रहेको स्पष्ट पारे। यद्यपि उनले यी सम्झौताहरूका बारेमा थप विस्तृत विवरण भने खुलाएका छैनन् ।

भारतले पछिल्लो समय आफ्नै देशमा रक्षा सामग्रीहरूको उत्पादन बढाउँदै लगेको छ । आन्तरिक आवश्यकता पूरा गर्नुका साथै निर्यातलाई समेत प्रवर्द्धन गर्ने उद्देश्य राखेको भारतले यसअघि नै फिलिपिन्सलाई यो सुपरसोनिक क्रुज मिसाइल बिक्री गरिसकेको छ ।

भियतनामसँग भएको यो नयाँ सम्झौता तालिम र लजिस्टिक सहयोगसहित करिब ६० अर्ब भारतीय रुपैयाँ (६२ करोड ९० लाख अमेरिकी डलर) बराबरको हुन सक्ने अनुमान गरिएको छ । रक्षा क्षेत्रमा भारतले चालेको यो कदमलाई यस क्षेत्रको रणनीतिक साझेदारी बढाउने प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ४ : ४६ बजे

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका

टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका