महत्वपूर्ण खनिजमा चीनको दबदबा घट्ला ? « Khabarhub

महत्वपूर्ण खनिजमा चीनको दबदबा घट्ला ?


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय घरेलु उपकरणमा प्रयोग हुने चुम्बकीय उपकरणहरूमा टाँसिने गुण प्रदान गर्ने नियोडिमियम र प्रेसिडिमियम पर्याप्त मात्रामा उपलब्ध हुन थालेसँगै अब विश्वको ध्यान समेरियम, डिस्प्रोसियम र टर्बियमजस्ता थप दुर्लभ खनिजहरूतर्फ केन्द्रित भएको छ ।

विद्युतीय सवारी साधनका मोटर, वायु ऊर्जा टर्बाइन, निर्देशित क्षेप्यास्त्र तथा एरोनटिक्सजस्ता उच्च कार्यक्षमता आवश्यक पर्ने क्षेत्रमा पारम्परिक रेअर अर्थ चुम्बकहरू उच्च तापक्रममा कमजोर हुने भएकाले यस्ता भारी रेअर अर्थ (एचआरई) खनिजहरूको आवश्यकता पर्छ। आजभन्दा करिब १० वर्षअघिसम्म धेरै भूगर्भविद्हरूले यो अवस्थालाई चीनको पक्षमा निर्णायक वा ‘चेकमेट’ हुने मानेका थिए। भाइब्रेनियमजस्तै दुर्लभ मानिने यी खनिजहरू चिनियाँ सांस्कृतिक क्रान्तिको समयमा चीनको दक्षिणी भागस्थित लङ्नानमा मात्र भेटिएको अनुमान गरिएको थियो ।

तर, वैज्ञानिकहरूको निरन्तरको आविष्कार र भूगर्भविद्हरूको विश्वव्यापी खोजका कारण यो मान्यता हाल परिवर्तन हुँदै गएको छ। लिथियम-आयन ब्याट्रीमा कोबाल्टको विकल्पमा फस्फेटको प्रयोग गरिएझैँ औद्योगिक रसायनशास्त्रीहरूले पनि अभावलाई विकल्पमार्फत समाधान गर्दै आएका छ न्। लङ्नानमा भेटिएको जस्तो आयनिक-एब्सोरपशन क्ले (आयनिक-शोषण माटो) को प्रकार दुर्लभ भए पनि अनौठो भने छैन। करोडौँ वर्षको अवधिमा भारी वर्षाले ग्रेनाइट पहाडहरूलाई खिघाउँदा यो माटो बेंसीमा जम्मा हुने गर्छ ।

सन् २०१० को मध्यतिर चिनियाँ सरकारले उत्पादनमा प्रतिबन्ध लगाएपछि चिनियाँ खानीहरूले नै म्यान्मारको द्वन्द्वग्रस्त काचिन राज्यमा नयाँ भण्डारहरूको खोजी र दोहन गरेका थिए। ती खानीहरूले हाल चिनियाँ खानीभन्दा बढी मात्रामा एचआरई उपलब्ध गराइरहेका छन्, यद्यपि यसबाट वातावरणीय समस्याहरू पनि उत्पन्न भएका छन्। यसबाहेक अन्यत्र पनि व्यवस्थित कामहरू अगाडि बढिरहेका छन्। ब्राजिलको सेन्ट्रल गोइआसमा डेन्थम क्यापिटल म्यानेजमेन्टले विकास गरेको निक्षेपलाई यसै वर्षको अप्रिलमा अमेरिकाको रेअर अर्थ इंकले करिब २.८ अर्ब डलरको सम्झौतामार्फत अधिग्रहण गरेको छ।

मडागास्कर, मलावी, युगान्डा, चिली, अष्ट्रेलियादेखि मलेसिया, थाइल्याण्ड, भियतनाम र फिनल्याण्डसम्म चारै महादेशमा यस्ता पदार्थको भण्डार फेला परेका छन्। चीन बाहिरका कम्पनीहरूले डिस्प्रोसियम, टर्बियम र समेरियमलाई छुट्याउन प्रशोधन सर्किटहरू निर्माण गरिरहेका छन्। लाइनास रेअर अर्थ्स र नियो पर्फरमेन्स मटेरियल्सले व्यावसायिक उत्पादन सुरु गरिसकेका छन् भने एमपी मटेरियल्स र केयरस्टरले पनि छिट्टै उत्पादन सुरु गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ४ : ३३ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी