बंगलादेशको वैदेशिक सहायता प्रतिबद्धतामा भारी गिरावट, ऋण भुक्तानी भने उच्च « Khabarhub

बंगलादेशको वैदेशिक सहायता प्रतिबद्धतामा भारी गिरावट, ऋण भुक्तानी भने उच्च


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशको वैदेशिक सहायता प्रतिबद्धतामा ठूलो गिरावट आएको छ। आर्थिक वर्ष २०२५–२६ मा देशको वैदशिक सहायता प्रतिबद्धता ३७ प्रतिशतले घटेर ५ अर्ब २४ करोड डलरमा सीमित भएको छ। आर्थिक सम्बन्ध महाशाखाको प्रारम्भिक तथ्याङ्कअनुसार यसअघिको आर्थिक वर्षमा यस्तो प्रतिबद्धता ८ अर्ब ३२ करोड डलर रहेको थियो।

विशेष गरी आयोजना ऋणको प्रतिबद्धतामा आएको तीव्र कमीले समग्र सहायता रकम घटाएको हो । यस अवधिमा परियोजना ऋणको प्रतिबद्धता अघिल्लो वर्षको ७ अर्ब ९४ करोड डलरबाट घटेर ५ अर्ब १ करोड डलरमा झरेको छ । अनुदान सहयोग पनि ३८ करोड १६ लाख डलरबाट घटेर २३ करोड ३७ लाख डलरमा सीमित भएको छ ।

वैदेशिक सहायताको प्रवाह अर्थात् वितरणमा पनि केही कमी आएको छ। समीक्षा वर्षमा बंगलादेशले कुल ८ अर्ब ७ करोड डलर वैदेशिक सहायता प्राप्त गरेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ८ अर्ब ५७ करोड डलर थियो। यसमध्ये परियोजना सहायता ८ अर्ब ५२ करोड डलरबाट घटेर ८ अर्ब २ करोड डलरमा झरेको छ भने अनुदान वितरण भने ४५ करोड ४५ लाख डलरबाट बढेर ५५ करोड ३९ लाख डलर पुगेको छ।

एकातर्फ वैदेशिक सहायता घट्दै जाँदा अर्कातर्फ देशको वैदेशिक ऋण तिर्ने दबाब भने लगातार बढिरहेको छ। समीक्षा वर्षमा बंगलादेशले वैदेशिक ऋणको सावाँ र ब्याजबापत ४ अर्ब ४९ करोड डलर भुक्तानी गरेको छ। अघिल्लो वर्ष यो रकम ४ अर्ब ९ करोड डलर थियो जुन करिब ११ प्रतिशतले बढेको हो।

यस अवधिमा सावाँ भुक्तानी २ अर्ब ६० करोड डलरबाट बढेर २ अर्ब ९५ करोड डलर पुगेको छ भने ब्याज भुक्तानी पनि १ अर्ब ४९ करोड डलरबाट बढेर १ अर्ब ५४ करोड डलर पुगेको छ। नेपाली रुपैयाँमा रूपान्तरण गर्दा कुल ऋण सेवा भुक्तानी बढेर ५४ हजार ९ सय ५७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ४९ हजार ३ सय ९१ करोड रुपैयाँ थियो। सहायता घट्ने र ऋण तिर्ने दायित्व बढ्दै जाने यो अवस्थाले बंगलादेशको बाह्य वित्तीय दबाबलाई थप उजागर गरेको छ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ४ : ३३ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा