हिमपहिरो विध्वंशको ११ दिनपछि तिब्बतको केरुङ पुगे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम « Khabarhub

हिमपहिरो विध्वंशको ११ दिनपछि तिब्बतको केरुङ पुगे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल–तिब्बत सीमा क्षेत्रमा हिमनदी फुटेर आएको भीषण बाढीबाट भएको क्षतिको ११ दिनपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकार प्रभावित क्षेत्रमा पुगेका छन्।

चिनियाँ विदेश मन्त्रालयले आइतबार रोयटर्ससहित विभिन्न विदेशी सञ्चारमाध्यमका पत्रकारलाई चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरूङ सीमा नाका भ्रमण गराएको हो।

गत भदौ १० गते पानी, हिलो र गेग्रानको तीव्र बहावले केरुङ सीमा नाकालाई ध्वस्त बनाएको थियो। नेपाल र चीन दुवैतर्फ गरी यस विपद्मा १ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ५ हजारभन्दा बढी अझै बेपत्ता छन्।

चीनले पहिलोपटक विदेशी सञ्चारमाध्यमलाई देखायो क्षति

भ्रमणका क्रममा पत्रकारहरूले केरुङमा जारी खोज तथा उद्धार अभियानको प्रत्यक्ष अवलोकन गरेका छन्। रातो रङको पोसाक लगाएका उद्धारकर्मीले डोजर, बेल्चा तथा जमिनमुनि खोजी गर्ने रडारको प्रयोग गर्दै मानिस तथा शवको खोजी गरिरहेका छन्।

विपद् आउनुअघि केरुङमा चीनको पाँचतले भन्सार भवन थियो। तर बाढी र लेदोको तीव्र बहावले भवनको कुनै अवशेषसमेत बाँकी छैन। करिब २० मिटर अग्लो सीमा प्रवेशद्वारसमेत पुरिएको छ। अहिले त्यहाँ नजिकै रहेको पानीको ट्यांकीको केही भाग मात्र देखिन्छ।

यसअघि सीमा प्रवेशद्वार रहेको स्थानमा चीनको झण्डा राखिएको छ। यता नेपालले पनि रसुवागढीमा झण्डा गाडेको छ। दुवैतिर वरपरको सम्पूर्ण क्षेत्र खैरो र कालो लेदोको थुप्रोले ढाकिएको छ। चेतावनी संकेत राखिएको क्षेत्रभित्र उद्धारकर्मीले निरन्तर उत्खनन गरिरहेका छन्।

चिनियाँ अधिकारीहरूले विदेशी पत्रकारलाई विपद्को अवस्थाबारे जानकारी दिँदै उद्धार तथा खोजी कार्य जारी रहेको बताएका छन्।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  १ : ४६ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग