अर्थ समचार : कृष्णभीरमा भासिएको सडक खुलाउन अझै समय लाग्ने, बाढी पीडितलाई कांग्रेस र राष्ट्र बैंकको एक-एक करोड र सडक बिग्रिँदा पीडामा कर्णालीका स्याउ व्यापारी « Khabarhub

अर्थ समचार : कृष्णभीरमा भासिएको सडक खुलाउन अझै समय लाग्ने, बाढी पीडितलाई कांग्रेस र राष्ट्र बैंकको एक-एक करोड र सडक बिग्रिँदा पीडामा कर्णालीका स्याउ व्यापारी


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि आज एक करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूका तर्फबाट सङ्कलित रकम कोषमा जम्मा गरिएको हो ।

राष्ट्र बैंकको गभर्नर कार्यालयद्वारा आज जारी विज्ञप्तिअनुसार भदौ १० गते आएको बाढीबाट प्रभावितहरूका लागि गभर्नर, डिपुटी गभर्नर तथा बैंकमा कार्यरत स्थायी तथा करार तहका कर्मचारीहरूले सामूहिक रूपमा योगदान गरी सङ्कलन गरिएको रकम कोषमा जम्मा गरिएको जनाइएको छ ।

कुमारी बैंक पीसीएएफमा आबद्ध

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

कल्याण गुरुङ भन्छन् : भोटेकोशी बाढीबाट पाठ सिक्दै नदी किनारमा २०० मिटर क्षेत्र खाली राखौँ

चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ। स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिकजसो सुर्खेत, नेपालगन्ज, बुटबल, चितवन, पोखरा, काठमाडौँ, वीरगन्जलगायत देशका प्रमुख सहरमा पुगिरहेका छन्।

अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ। तीन दिनदेखि स्याउ बोकेर हिँडेका गाडी सडकमै थन्किएका छन्।

जुम्लाबाट छुटेपश्चात् एक दुई दिनमा सुर्खेत नेपालगन्ज पुग्ने लक्ष्य राखेर हिँडेका गाडी पहिरोका कारण सडकमै अलपत्र परेपछि स्याउ कुहिने हो कि भन्ने चिन्ताले उनीहरूलाई पिरोलेको छ।

मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला

रसुवा बाढीपीडितलाई कांग्रेसको एक करोड राहत

कृष्णभीरको भासिएको सडक पूर्ण रूपमा बन्न अझै समय लाग्ने

बाढीपीडित व्यवसायिका लागि पुनरुत्थान प्याकेज : करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ७ : ०० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र