थप ब्रम्होस बिक्रीबारे फिलिपिन्ससँग वार्ता गर्दै भारत « Khabarhub

थप ब्रम्होस बिक्रीबारे फिलिपिन्ससँग वार्ता गर्दै भारत


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले सुपरसोनिक क्रुज क्षेप्यास्त्र ‘ब्रह्मोस’ बिक्री गर्ने विषयमा फिलिपिन्ससँग अन्तिम चरणको वार्ता गरिरहेको खुलासा भएको छ । सन् २०२२ को सम्झौताअनुसारको आपूर्ति पूरा हुने चरणमा पुगेसँगै करिब ७० देखि ८० करोड अमेरिकी डलर बराबरको नयाँ सम्झौताका लागि छलफल भइरहेको रोयटर्सले जनाएको छ ।

नयाँ सम्झौताअनुसार फिलिपिन्सले करिब पाँच वटा ब्रह्मोस प्रणाली अन्तर्गत झन्डै ६० वटा क्षेप्यास्त्र खरिद गर्ने अपेक्षा गरिएको छ । विवादित दक्षिण चीन सागरमा चीनसँगको तनाव बढ्दै गएपछि फिलिपिन्सले आफ्नो सैन्य आधुनिकीकरण र तटीय रक्षा सुदृढ पार्ने क्रममा यो कदम चालेको हो । यो सम्झौता सन् २०२२ मा नौसेनाका लागि गरिएको ३७ करोड ५० लाख डलरको अघिल्लो अर्डरभन्दा झन्डै दोब्बर हो ।

फिलिपिन्सका रक्षा मन्त्रालयका प्रवक्ता आर्सेनियो एन्डोलोङले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले थप ब्रह्मोस क्षेप्यास्त्र खरिद गर्ने इच्छा व्यक्त गरेको पुष्टि गरेका छन् । त्यस्तै, हालै आयोजित दिल्ली डिफेन्स डायलगलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै फिलिपिन्सका रक्षामन्त्री गिल्बर्टो टिओडोरोले थप ब्रह्मोस एकाइहरू प्राप्त गर्ने आशा व्यक्त गर्दै फिलिपिन्सको वातावरण सुहाउँदो प्रणाली बनाउन भारतीय अधिकारीहरूलाई सुझाव सूची पठाइएको बताएका छन् ।

यद्यपि, भारतको रक्षा र विदेश मन्त्रालय तथा क्षेप्यास्त्र निर्माता कम्पनी ब्रह्मोस एरोस्पेसले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । भारत र रुसको संयुक्त लगानीमा विकास गरिएको ब्रह्मोस विश्वकै तीव्र गतिको क्रुज क्षेप्यास्त्रमध्ये एक हो, जसलाई जमिन, समुद्र र आकाशबाट प्रहार गर्न सकिन्छ । गत वर्ष भारत र पाकिस्तानबीच भएको चारदिने द्वन्द्वमा भारतले पहिलो पटक युद्धमा यो प्रणाली प्रयोग गरेपछि अन्य देशहरूको पनि यसमा चासो बढेको छ ।

भारतले गत जुलाईमा इन्डोनेसियालाई ब्रह्मोस आपूर्ति गर्ने घोषणा गरिसकेको छ भने भियतनामसँग पनि सम्झौता गरिसकेको छ । साथै, युएई, थाइल्यान्ड, दक्षिण अफ्रिका र ब्राजिलसँग पनि यसबारे वार्ता भइरहेको छ । सरकारी तथ्याङ्कअनुसार मार्चमा सकिएको आर्थिक वर्षमा भारतको रक्षा निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६२ प्रतिशतभन्दा बढीले वृद्धि भई ३ खर्ब ८४ अर्ब २४ करोड भारु (४ अर्ब ११ करोड डलर) पुगेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ६ : १७ बजे

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका

टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका