राष्ट्रियसभा सदस्यमा कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित « Khabarhub

राष्ट्रियसभा सदस्यमा कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

मोरङ- आगामी माघ ११ गतेलाई तोकिएको राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार भएको मनोनयनका क्रममा नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी मिलेर बनेको गठबन्धनको तर्फबाट खुल्लामा उम्देवारी दिएका थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध भएका हुन् ।

कोशीमा उनीसहित तीनजनाले उम्मेदवारी दिएका थिए । कोशीमा एमाले बलियो भएकोले २ सिट लिएको थियो । कांग्रेसले लिएको एक सिटमा सूर्यबहादुर थापा पुत्र सुनील निर्विरोध भएका हुन् ।

यहाँ पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाले थापालाई चुनौती दिँदै खुलातर्फ उम्मेदवारी दिएन । त्यहीकारण उनी निर्विरोध भएको जानकारी निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले बताएका छन् ।

थापाको प्रस्तावकमा उद्धव थापा र समर्थकनमा रेगिना भट्टराई थिए । एमालेबाट महिलातर्फ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत रोशनी मेचे र दलितमा सोम पोर्तेलले उम्मेदवारी दर्ता गराएका छन् ।

मेचेको समर्थकमा सिर्जना राई र प्रस्तावकमा शोभा चेम्जोङ छन् । यस्तै पोर्तेलको प्रस्तावक छवि चुँडाल र समर्थक एकराज कार्की छन् ।

बुधबार राष्ट्रिय सभाको निर्वाचनका लागि देशैभर उम्मेदवारी दर्ता हुँदैछ । मधेश प्रदेशमा जसपा नेपालको तर्फबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ३ : ५१ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी