भारतको मुद्रास्फीति लक्ष्य ४ प्रतिशत कायम रहने « Khabarhub

भारतको मुद्रास्फीति लक्ष्य ४ प्रतिशत कायम रहने


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको केन्द्रीय बैंकले मुद्रास्फीति दरको लक्ष्य ४ प्रतिशतमा कायम राख्ने भएको छ । मुद्रास्फीति दर ४ प्रतिशत निर्धारण गरिएपनि दुईदेखि छ प्रतिशतसम्म हुनसक्ने अपेक्षा गरिएको छ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया आरबीआईले यस्तो लक्ष्य हरेक पाँच वर्षमा निर्धारण गर्दै आएको छ । रोयटर्सका अनुसार अबको अध्यावधिक अवधि आगामी मार्चमा सकिँदैछ ।

यसबारे भारतको वित्त मन्त्रालयले टिप्पणी गर्न अस्वीकार गरेको रोयटर्सले उल्लेख गरेको छ । यसअघि सेप्टेम्बर महिनामा पनि रोयटर्सले मुद्रास्फीति लक्ष्य ४ प्रतिशत कायम राख्नेबारे आरबीआईले विचार गरिरहेको समाचार सार्वजनिक गरेको थियो ।

भारतले मुद्रास्फीति लक्ष्यको रुपरेखा सन् २०१६ मा लागू गरेको थियो । यो रुपरेखा सन् २०२१ मा परिमार्जन गरिएको थियो । सो लक्ष्य हासिल गर्ने जिम्मेवारी आरबीआईलाई दिइएको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  २ : २१ बजे

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति