पाकिस्तानमा अहमदिया समुदायमाथि दमन जारी, कुरआन कण्ठस्थ पार्नेलाई सजाय « Khabarhub

पाकिस्तानमा अहमदिया समुदायमाथि दमन जारी, कुरआन कण्ठस्थ पार्नेलाई सजाय


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा अहमदिया समुदायमाथिको दमन अझै कम भएको छैन । गत डिसेम्बर २४ मा पञ्जाब प्रान्तस्थित लालियानको एउटा अदालतले अहमदिया समुदायका व्यक्तिले इस्लाम धर्मको पवित्र ग्रन्थ कुरआन कण्ठस्थ पार्नुलाई अपराध करार गरेको छ ।

मुबारक अहमद सानी नाम गरेका व्यक्तिले कुरआन कण्ठस्थ पारेर आफूलाई ‘हफिज’ घोषित गरेपछि अदालतले यस्तो ठहर गरेको हो । सानीलाई अदालतले ईशनिन्दाको कानुनअन्तर्गत दोषी ठहर गरेको बिटर विन्टरले जनाएको छ ।

इस्लाम धर्मावलम्बीमाझ कुरआन कण्ठस्थ पार्नुलाई निकै ठूलो उपलब्धि मानिन्छ । यस्ता व्यक्तिलाई हफिज भन्ने चलन छ, जसको अर्थ ‘कुरआनलाई कण्ठस्थ पार्ने व्यक्ति’ हुन आउँछ ।

आफूलाई हफिज घोषित गरेको अभियोगमा सानीलाई तीन वर्षको जेल सजाय सुनाइएको हो । इस्लाम धर्ममा आस्था राख्ने भएपनि पाकिस्तानमा अहमदिया समुदायलाई मुसलमान मान्ने गरिएको छैन ।

उनले आफ्नो समुदायका लागि कुरआनको व्याख्या गरिएको पुस्तक वितरण गरेको पनि आरोप लगाइएको छ । अहमदिया समुदायका दोस्रो खलिफा हजरत मिर्जा बसिरुद्दिन महमुद अहमदले व्याख्या गरेको ‘तफसिर ए शागिर’ वितरण गरेको आरोपमा भने उनलाई आजीवन कारावासको सजाय दिइएको छ ।

सन् १९५७ मा प्रकाशित यस पुस्तकलाई पञ्जाब प्रान्तमा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानमा अहमदिया समुदायका हाफिजलाई अपराधी ठहर गरी सजाय दिइएको यो पहिलो घटना भएको जनाइएको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  २ : ५५ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने