पाँच वर्षभन्दा कम समयमा भारतले निर्यात गर्‍यो ५० अर्ब डलर बराबरको आईफोन « Khabarhub

पाँच वर्षभन्दा कम समयमा भारतले निर्यात गर्‍यो ५० अर्ब डलर बराबरको आईफोन


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँच वर्षभन्दा कम समयमा भारतले ५० अर्ब अमेरिकी डलर बराबरको आईफोन निर्यात गरेको छ । सन् २०२१ मा आईफोन निर्माता अमेरिकी कम्पनी एप्पलले उत्पादन प्रवर्द्धनमुखी भारतीय कार्यक्रममा सहभागिता जनाएयता ५० अर्ब डलर बराबरको आईफोन निर्यात गरिसकेको छ ।

इकोनोमिक टाइम्सका अनुसार आर्थिक वर्ष सन् २०२५–२६ को पहिलो नौ महिनामा मात्रै भारतबाट १६ अर्ब डलर बराबरको आईफोन निर्यात भएको छ । भारतबाट निर्यात हुने प्रायः सबै आईफोन अमेरिकी बजारमा पुग्ने गरेको छ ।

समाचारमा जनाइएअनुसार भारतले उत्पादन गर्ने ९७ प्रतिशत आईफोन अमेरिका पुग्छन् । हाल विश्वभर उत्पादन हुने ५ मध्ये एउटा आईफोन भारतमै बन्ने गरेको छ ।

एप्पल कम्पनीले भारत सरकारले लागू गरेको उत्पादन प्रवर्द्धनमुखी कार्यक्रम (पीएलआई) बाट मनग्य लाभ लिइरहेको जनाइएको छ । आर्थिक वर्ष सन् २०२१–२२ मा एप्पलले स्थानीय उत्पादन साझेदारसँग मिलेर यस कार्यक्रममा सहभागिता जनाएको थियो ।

यस कार्यक्रमबाट दक्षिण कोरियाली कम्पनी सामसुङले पनि लाभ लिइरहेको जनाइएको छ । आर्थिक वर्ष सन् २०२१–२२ देखि सन् २०२४–२०२५ सम्म सामसुङले भारतबाट १७ अर्ब अमेरिकी डलर बराबरको स्मार्टफोन निर्यात गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ३ : ११ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई