पाँच वर्षभन्दा कम समयमा भारतले निर्यात गर्‍यो ५० अर्ब डलर बराबरको आईफोन « Khabarhub

पाँच वर्षभन्दा कम समयमा भारतले निर्यात गर्‍यो ५० अर्ब डलर बराबरको आईफोन


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँच वर्षभन्दा कम समयमा भारतले ५० अर्ब अमेरिकी डलर बराबरको आईफोन निर्यात गरेको छ । सन् २०२१ मा आईफोन निर्माता अमेरिकी कम्पनी एप्पलले उत्पादन प्रवर्द्धनमुखी भारतीय कार्यक्रममा सहभागिता जनाएयता ५० अर्ब डलर बराबरको आईफोन निर्यात गरिसकेको छ ।

इकोनोमिक टाइम्सका अनुसार आर्थिक वर्ष सन् २०२५–२६ को पहिलो नौ महिनामा मात्रै भारतबाट १६ अर्ब डलर बराबरको आईफोन निर्यात भएको छ । भारतबाट निर्यात हुने प्रायः सबै आईफोन अमेरिकी बजारमा पुग्ने गरेको छ ।

समाचारमा जनाइएअनुसार भारतले उत्पादन गर्ने ९७ प्रतिशत आईफोन अमेरिका पुग्छन् । हाल विश्वभर उत्पादन हुने ५ मध्ये एउटा आईफोन भारतमै बन्ने गरेको छ ।

एप्पल कम्पनीले भारत सरकारले लागू गरेको उत्पादन प्रवर्द्धनमुखी कार्यक्रम (पीएलआई) बाट मनग्य लाभ लिइरहेको जनाइएको छ । आर्थिक वर्ष सन् २०२१–२२ मा एप्पलले स्थानीय उत्पादन साझेदारसँग मिलेर यस कार्यक्रममा सहभागिता जनाएको थियो ।

यस कार्यक्रमबाट दक्षिण कोरियाली कम्पनी सामसुङले पनि लाभ लिइरहेको जनाइएको छ । आर्थिक वर्ष सन् २०२१–२२ देखि सन् २०२४–२०२५ सम्म सामसुङले भारतबाट १७ अर्ब अमेरिकी डलर बराबरको स्मार्टफोन निर्यात गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ३ : ११ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने