गैर सरकारी संस्थाको सहकार्यमा एसएसबीले जम्मु कश्मीरका युवालाई दियो सीपमूलक तालिम « Khabarhub

गैर सरकारी संस्थाको सहकार्यमा एसएसबीले जम्मु कश्मीरका युवालाई दियो सीपमूलक तालिम


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारको नागरिक तथा सुरक्षा निकायले जम्मु कश्मीरका जनताको जीवनस्तर उकास्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् । शान्ति स्थापनार्थ जनकेन्द्रित अभियान अन्तर्गत भारतको सशस्त्र सीमा बल एसएसबीले राजधानी श्रीनगरमा यस्तै कार्यक्रम आयोजना गरेको छ ।

एसएसबीको १० औँ बटालियनले गैर सरकारी संस्थासँगको सहकार्यमा राजधानी श्रीनगरमा एक महिना लामो युवाकेन्द्रित विकास एवम् कम्युटर तालिम कार्यक्रम सञ्चालन गरेकोे हो । एसएसबीले सेभिङ फ्युचर एसटीएफ नामक गैरसरकारी संस्थासँग सहकार्य गरी इन्टरनेशनल इन्स्टिच्युट अफ प्रोफेसनल स्टडिजमा कार्यक्रम आयोजना गरेको हो ।

यस कार्यक्रमलाई कावा ग्रुप अफ इन्स्टिच्युटले प्राज्ञिक सहयोग गरेको थियो । ३१ दिनसम्म सञ्चालन भएको कार्यक्रममा ५० जना युवा प्रशिक्षार्थी सहभागी रहेको जनाइएको छ ।

प्रशिक्षार्थीहरुले डमेस्टिक डेटा इन्ट्री अपरेटर, मोबाइल मर्मतजस्ता तालिम लिएका छन् । प्रशिक्षार्थीहरुले सीपमूलक तालिम प्राप्त गरेकोमा खुशी व्यक्त गरेका छन् । यस तालिमले भविष्यमा रोजगारी सुनिश्चितता गर्ने प्रशिक्षार्थीहरुको अपेक्षा छ ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  १ : ३५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको