जम्मु कश्मीर र गिल्गिट बाल्टिस्तानबाट पछि हट्न पाकिस्तानलाई यूकेपीएनपीको आग्रह « Khabarhub

जम्मु कश्मीर र गिल्गिट बाल्टिस्तानबाट पछि हट्न पाकिस्तानलाई यूकेपीएनपीको आग्रह


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानले हरेक वर्ष फेब्रुअरी ५ का दिनलाई कश्मीर ऐक्यबद्धता दिवस भनेर मनाउँदै आएको छ । पाकिस्तानले कश्मीरी जनताको अधिकारका पक्षमा यो दिवस मनाउने भनेपनि सरसर्ती हेर्दा यो राज्यप्रायोजित प्रचारमात्रै देखिन्छ ।

यसै पृष्ठभूमिमा संयुक्त कश्मीर जन राष्ट्रिय पार्टी यूकेपीएनपीले पाकिस्तान अधिनस्थ जम्मु कश्मीरमा पाकिस्तानी राज्यको नीतिविरुद्ध कडा आलोचना गरेको छ । पार्टीले गिल्गिट बाल्टिस्तान र पाकिस्तान अधिनस्थ जम्मु कश्मीरका जनतामाथि पाकिस्तानले दमन गरिरहेको आरोप लगाएको छ ।

भिडियो सन्देश जारी गर्दै पार्टीका विदेश मामिला समितिका अध्यक्ष जामिल मकशुदले पाकिस्तानको गतिविधिबाट ऐक्यबद्धता शब्दको धज्जी उडेको टिप्पणी गरेका छन् । एकातिर पाकिस्तानी राज्यले कश्मीरी जनतामाथि दमन गरिरहेको र अर्कोतर्फ ऐक्यबद्धताको नाटक मञ्चन गरिरहेको उनको भनाइ छ ।

भिडियो सन्देशमा उनले अधिनस्थ जम्मु कश्मीर र गिल्गिट बाल्टिस्तानबाट पछि हट्न पनि पाकिस्तान सरकारसँग आग्रह गरेका छन् । उनले यस विषयमा अन्तर्राष्ट्रिय समुदायलाई कूटनीतिक पहल गर्न समेत आह्वान गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  २ : २८ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको