पाकिस्तानमा गुडिरहेको भ्यानभित्र १९ वर्षीया महिलाको सामूहिक बलात्कार « Khabarhub

पाकिस्तानमा गुडिरहेको भ्यानभित्र १९ वर्षीया महिलाको सामूहिक बलात्कार


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा १९ वर्षीया महिलामाथि गुडिरहेको भ्यानभित्र सामूहिक बलात्कार भएको छ । रवात प्रहरीको क्षेत्राधिकारभित्र पर्ने बागा शेखन क्षेत्रमा चार जना पुरुषले उनीमाथि यो जघन्य अपराध गरेका हुन् ।

प्रहरीले घटनामा संलग्न अभियुक्तहरूको खोजीका लागि विशेष टोली गठन गरी छापा मार्न सुरु गरेको छ । पीडित महिलाको स्वास्थ्य परीक्षणको काम भइरहेको छ ।

पीडितकी आमाले आइतबार प्रहरीमा जाहेरी दर्ता गराएकी छिन् । ती महिला आफ्ना दुई सन्तानका लागि इदको लुगा किन्न बजार निस्किएकी थिइन् । यात्राका क्रममा उनले रावत बजार जानका लागि एउटा भ्यान चढेकी थिइन् । भ्यानका कन्डक्टरले ढोका थुनेर उनलाई नियन्त्रणमा लिएका थिए । पछि उनलाई अर्को भ्यानमा सारेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

अभियुक्तहरूले गुडिरहेको भ्यानभित्रै पालैपालो बलात्कार गरेका थिए। घटनापछि अभियुक्तहरूले भिडियो खिचेर उनलाई धम्की समेत दिएका थिए। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ४ : ०४ बजे

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा