बङ्गलादेशमा बस्ने लाखौँ रोहिंग्या शरणार्थीको खाद्यान्न सहायतामा कटौती « Khabarhub

बङ्गलादेशमा बस्ने लाखौँ रोहिंग्या शरणार्थीको खाद्यान्न सहायतामा कटौती


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बङ्गलादेशको शिविरमा रहेका लाखौँ रोहिंग्या शरणार्थीहरूका लागि उपलब्ध गराइँदै आएको खाद्यान्न सहायतामा कटौती गरिएको छ। यस निर्णयले शिविरमा बसोबास गर्ने समुदायमा त्रास र चिन्ता बढाएको छ। हाल १२ लाख रोहिंग्या शरणार्थीहरू बङ्गलादेशका भिडभाडयुक्त शिविरमा बसिरहेका छन्। उनीहरूले प्रतिव्यक्ति मासिक १२ डलर सहायता पाउँदै आएका थिए।

संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले नयाँ प्रणाली लागू गर्दै सहायता रकममा हेरफेर गरेको छ। अब परिवारको आवश्यकताको गम्भीरता हेरेर सहायता बाँडिनेछ। यसअनुसार करिब १७ प्रतिशत जनसंख्याले मासिक मात्र ७ डलर पाउनेछन्। बालबालिकाले नेतृत्व गरेका परिवार जस्ता ‘अत्यधिक असुरक्षित’ समूहले भने पुरानै १२ डलर पाइरहनेछन्। शरणार्थीहरूले ७ डलरले बाँच्न र छोराछोरी पाल्न असम्भव हुने गुनासो गरेका छन्।

सन् २०१७ मा म्यानमारको सैनिक दमनपछि भागेर आएका रोहिंग्याहरूलाई बङ्गलादेशमा काम गर्न कानुनी प्रतिबन्ध छ। त्यसैले उनीहरू पूर्ण रूपमा मानवीय सहायतामा निर्भर छन्। अमेरिका लगायतका देशहरूले वैदेशिक सहायतामा कटौती गरेपछि खाद्य कोषमा पनि ठुलो दबाब परेको थियो। यद्यपि, एजेन्सीले यसलाई ‘रासन कटौती’ नभई ‘न्यायोचित वितरण’ भनेको छ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ४ : २० बजे

प्रधानमन्त्री शाहलाई भेट्न पुगे भारतीय विदेश सचिव मिश्री 

काठमाडौँ–  प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

झापा– भूमि समस्या समाधान समितिले जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुम्वासी

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

राँझा– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको

एकैदिन १३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३००

भक्तपुरमा सिलिन्डर खोज्दै उपभोक्ता, प्रमुख जिल्ला अधिकारी भन्छन्- ग्यास आपूर्ति सहज छ

ख्वप– जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको