शुक्लाफाँटा धारापानीवासीलाई कुटानीपिसानी गर्न पानीघट्टकै भर « Khabarhub

शुक्लाफाँटा धारापानीवासीलाई कुटानीपिसानी गर्न पानीघट्टकै भर


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै पनि परम्परागत पानी घट्टमा निर्भर छन् । यहाँ अन्न पिस्ने एकमात्र माध्यम यही घट्ट हो ।

यस वर्ष गाउँमा विद्युतका तार टाँगिए पनि सेवा सञ्चालनमा आएको छैन । दैनिक आवश्यक पिठो जुटाउन स्थानीयहरू घट्टमै भर पर्न बाध्य छन् । पिसानी गरेबापत सेवाग्राहीले केही पिठो घट्ट सञ्चालकलाई दिने प्रचलन छ । यसले सञ्चालक परिवारको खाद्यान्न आवश्यकतामा टेवा पुर्‍याउँदै आएको छ ।

पचास वर्षीय साइमले धामीको ११ सदस्यीय परिवार पनि यही घट्टमा आश्रित छ । घट्ट धामी परिवारले चलाउदै आएका छन । कुलो मर्मत गर्ने, घट्ट व्यवस्थापनको सम्पूर्ण कार्य धामीले गर्दै आएका छन् । ‘घट्ट सञ्चालन गरेवाफत प्राप्त हुने पिठोले करिब चार महिना पुग्छ, बाँकी समय पाखो जमिनको उत्पादनले धानिन्छ’, उनले भने ।

एक दशकअघि दार्चुलाको धुलीगडाबाट पहिरोका कारण विस्थापित भई आएको यो परिवार हाल धारापानी खोला नजिकैको जग्गा खरिद गरी बस्दै आएको छ । यसका अतिरिक्त धामी परिवारले सानो किराना र चियाको पसल पनि राखेका छन । त्यसबाट हुने आम्दानीले घर खर्च चलाउन सहज भएको उनी बताउँछन् ।

स्थानीय जयलाल धामीका अनुसार धारापानी खोलाबाट ल्याइएको कुलोमा पानी कम हुँदा घट्टको गति सुस्त हुन्छ, जसका कारण दैनिक करिब १५ केजी मात्र अन्न पिस्न सकिन्छ । २०४० सालदेखि उनको परिवार यही क्षेत्रमा बस्दै आएको छ । गहुँ मकैलगायतका अन्न पिस्नका लागि एक मात्रै साधन घट्टनै रहेको छ’, उनले भने, ‘कुटानीपिसानी गर्ने मिलसम्म पुग्न झण्डै तीन किलोमिटर वन क्षेत्र छिचोल्नु पर्ने हुन्छ, सडक भरपर्दो नहुँदा पैदलनै हिँड्नुपर्ने भएकाले घट्टनै एकमात्रै कुटानी पिसानीको साधनका रुपमा रहेको छ ।’ गाउँका युवाहरु सबै भारततर्फ कमाउनका गएकाले गाउँमा बूढापाकाहरु मात्रै भएकाले पनि घट्टमै भरपर्नुपरेको उनले सुनाए ।

उनका अनुसार, कसानी, बेलडाँगा, धारापानी, बर्रेगडा, कार्कीफाँटा र बागमारेका बासिन्दा पालैपालो यहाँ पुगेर पिठो पिस्ने गर्छन् । पिसानीको सट्टा आधा किलोदेखि एक किलोसम्म पिठो दिने चलनले सञ्चालकको जीविका धानिएको छ । चारैतिर जङ्गल र नदीले घेरिएको धारापानीमा हाल १४ परिवार बसोबास गर्दै आएका छन् । (रासस)

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ११ : ४१ बजे

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत