ममता बेनर्जीलाई जसले हराए, उनैका पीएको गोली हानेर हत्या « Khabarhub

ममता बेनर्जीलाई जसले हराए, उनैका पीएको गोली हानेर हत्या


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

कोलकाता- पश्चिम बंगाल राज्यमा विधान सभा चुनावको उथलपुथल जारी छ। पछिल्लो चुनावमा त्रिणमूल कांग्रेसलाई भारतीय जनता पार्टीले हराएसँगै हिंसा भड्किएको हो ।

पश्चिम बंगालको उत्तर २४ परगना जिल्लास्थित मध्यमग्राममा भाजपा नेता सुवेन्दु अधिकारीका निजी सहयोगी (पीए) ४२ वर्षीय चन्द्रनाथ रथको बुधबार राति करिब १०:३० बजे गोली हानी हत्या गरिएको छ।

भाजपा नेता सुवेन्दुले यो विधानसभा चुनावमा बहालवाल मुख्यमन्त्री ममता बेनर्जीलाई भवानीपुर सीटमा पराजित गरेका थिए ।

घटना हुँदा चन्द्रनाथ कोलकाताबाट मध्यमग्रामस्थित आफ्नै घरतर्फ स्कर्पियो गाडीमा फर्किरहेका थिए।

रिपोर्टअनुसार उनी ड्राइभिङ सिटको छेउमा बसेका थिए। गाडीमा चालक र अर्का एक व्यक्ति पनि सवार थिए।

कोलकाताबाट करिब २० किलोमिटर टाढा डोलतला र मध्यमग्रामबीच एक कारले पछाडिबाट आएर स्कर्पियोको बाटो रोकेको थियो।

त्यसपछि बाइकमा आएका हमलाकारीले स्कर्पियोको बायाँतर्फबाट ६ देखि १० राउण्डसम्म गोली चलाएका थिए।

चन्द्रनाथलाई चार गोली लागेको थियो। तीमध्ये दुई गोली छाती वारपार भएका थिए । एक गोली पेटमा लागेको थियो। चालक बुद्धदेव बेरालाई पनि गोली लागेको छ।

घटनापछि हमलाकारीहरू कार छोडेर बाइकमार्फत् फरार भएका थिए। घाइतेहरूलाई तत्काल नजिकैको अस्पताल लगिए पनि चिकित्सकले चन्द्रनाथलाई मृत घोषणा गरे।

चालकको अवस्था गम्भीर रहेको बताइएको छ। भाजपाले घटनामा अल इन्डिया त्रिणमूल कंग्रेस (टीएमसी) संलग्न रहेको आरोप लगाएको छ।

फरेन्सिक जाँचको प्रारम्भिक विवरणअनुसार हमलाकारीहरूले ग्लक ४७ एक्स पेस्तोल प्रयोग गरेका थिए। यस्तो आधुनिक हतियार सामान्य अपराधीले प्रयोग नगर्ने र घटनाको शैली हेर्दा यो पेशेवर सुटरद्वारा गराइएको हुनसक्ने अनुमान गरिएको छ।

बाइकमा आएका हमलाकारीले हेल्मेट लगाएका थिए भने बाइकमा नम्बर प्लेट थिएन। प्रहरीले घटनास्थलबाट स्कर्पियोको बाटो रोकेको कार नियन्त्रणमा लिएको छ।

तर, उक्त कारमा प्रयोग गरिएको नम्बर प्लेट नक्कली रहेको खुलेको छ। चन्द्रनाथ रथमाथि गोली प्रहार भएको करिब एक घण्टापछि राति १२:३० बजे बशीरहाट जिल्लामा रोहित राय नामका भाजपा कार्यकर्तामाथि पनि गोली प्रहार भएको थियो। उनको अवस्था गम्भीर रहेको छ।

गत मे ४ मा चुनावी परिणाम सार्वजनिक भएयता राज्यमा हालसम्म पाँच जनाको हत्या भइसकेको बताइएको छ। तीमध्ये तीनजना भाजपा र दुई जना टीएमसीसँग आबद्ध थिए।

सुवेन्दु अधिकारीले आफ्ना पीएको हत्या योजनाबद्ध रूपमा गरिएको बताएका छन्। उनले पार्टी कार्यकर्तालाई शान्त रहन आग्रह गर्दै बंगालमा ‘गुण्डा सफाइ अभियान’ सुरू गर्ने चेतावनी दिएका छन्।

उता टीएमसीले आफ्नो पार्टीका कार्यकर्ता संलग्न रहेको आरोप अस्वीकार गर्दै घटनाको सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेशन (सीबीआई)मार्फत् छानबिन गर्न माग गरेको छ। पार्टीले बुधबार राति जारी गरेको वक्तव्यमा निष्पक्ष अनुसन्धान हुनुपर्ने उल्लेख गरेको छ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  १ : ३५ बजे

मनिलामा अमेरिका–रुसबीच युक्रेन युद्धबारे उच्चस्तरीय छलफल

मनिला– दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को शिखर सम्मेलनका क्रममा

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

चितवन– चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ

शिक्षा मन्त्रीविरूद्ध ‘नेपो बेबी मुर्दावाद’ को नारा, ५ जना पक्राउ (तस्बिरहरू)

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् ।   त्रिभुवन विश्वविद्यालयको

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

भद्रपुर– अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी