सवारी दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाहीको हरीपुर्वा नगरपालिका-९ स्थित सडकमा ग.१ ख ९४६७ नम्बरको बसले ना.४८ प ४७० नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी गौशाला नगरपालिका-१२ कान्तिबजार बस्ने ३६ वर्षीय पप्पु भन्ने श्याम ठाकुरको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलगंवामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार बस चालकको खोजी गरिरहेको छ ।

त्यसतै, रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-६ पिपरास्थित सडकमा बिएए ००७९ नम्बरको कारले युपि ५५ बि ००३९ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार भारत सिद्धार्थनगर कक्रहवा बस्ने ४० वर्षीय बाबु साहेब लोध मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले कार र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ४ : ३५ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत