महेश बस्नेत पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश « Khabarhub

महेश बस्नेत पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका धरौटीमा छुटेकी छन् ।

उनीसहित जानुका पाठक भनिने शोभालाई माइती घर मण्डलमा कुटपिट गरेको आरोपमा मुद्दा चलाइएका सबै १० जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले धरौटीमा छाड्न बिहीबार आदेश दिएको हो ।

धादिङकी शोभा पाठकले अम्बिकासहित १० जनाले आफूलाई कुटपिट गरेको भन्दै दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले म्याद थपेर मुद्दा चलाएकफो थियो ।

महेश पत्नी अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई अदालतले जनही ५० हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो। अन्य आठजनाका हकमा अदालते २५/२५ हजार रुपैयाँ धरौटी मागेको छ।

अदालतले धरौटीमा लिएर रिहा गर्न आदेश दिएका अरू प्रतिवादीहरूमा गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, निता खत्री, सबिना केसी र कमला बस्नेत छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ४ : ५१ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत