ब्रिक्समा भारतको नयाँ एजेन्डा « Khabarhub

ब्रिक्समा भारतको नयाँ एजेन्डा


२३ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीमा आयोजना गर्ने १८औँ ब्रिक्स शिखर सम्मेलनमार्फत व्यापार, प्रविधि, स्वास्थ्य, ऊर्जा, कृषि र जलवायु क्षेत्रमा व्यावहारिक सहकार्यलाई प्राथमिकता दिने भएको छ । भारतको सन् २०२६ को अध्यक्षता ‘लचिलोपन, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण’ भन्ने मूल विषयमा केन्द्रित छ । सन् २००६ मा ब्राजिल, रुस, भारत र चीनबाट सुरु भएको ब्रिक समूह दक्षिण अफ्रिका थपिएपछि सन् २०११ मा ब्रिक्स बनेको थियो ।

सन् २०२४ मा इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स तथा सन् २०२५ मा इन्डोनेसिया थपिएपछि अहिले यसमा ११ पूर्ण सदस्य राष्ट्र छन् । भारतले अध्यक्षताका क्रममा ब्रिक्सलाई राजनीतिक समन्वयमा मात्र सीमित नराखी आर्थिक र विकाससम्बन्धी ठोस सहकार्यको मञ्चका रूपमा अघि बढाउने लक्ष्य लिएको छ ।

यसका लागि लचिलोपन, नवीनता, सहयोग र दिगोपनलाई चार प्रमुख स्तम्भ बनाइएको छ । आर्थिक क्षेत्रमा ब्रिक्स आर्थिक साझेदारी २०३० को रणनीति, विश्व व्यापार सङ्गठनमा आधारित बहुपक्षीय व्यापार प्रणाली तथा आपूर्ति शृङ्खला सुदृढीकरणलाई प्राथमिकता दिइएको छ । साना तथा मझौला उद्यमलाई व्यापार वित्त उपलब्ध गराउन इनभ्वाइस डिस्काउन्टिङ संयन्त्र र सदस्य राष्ट्रका प्रविधि केन्द्र तथा वित्तीय संस्थाबीच सहकार्यका लागि एमएसएमई पोर्टल प्रस्ताव गरिएको छ ।

नवप्रवर्तनतर्फ स्टार्टअप इन्क्युबेटरलाई जोड्ने नेटवर्क र नयाँ उद्यमका लागि वित्तीय सहयोग जुटाउने स्टार्टअप इनोभेसन फन्ड प्रस्ताव गरिएको छ । कृषिमा कृत्रिम बौद्धिकता, भू–स्थानिक प्रविधि र डिजिटल पूर्वाधारको प्रयोग तथा बिउ र कृषि सामग्रीमा सहकार्य बढाउने पहल अघि बढाइएको छ । स्वास्थ्य क्षेत्रमा विश्वव्यापी स्वास्थ्य पहुँच, महामारीको तयारी, डिजिटल स्वास्थ्य र सस्तो औषधिमा सहकार्यसँगै मानसिक स्वास्थ्यका लागि समेत समन्वय संयन्त्र निर्माणको पहल गरिएको छ ।

ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै स्मार्ट ग्रिड, ऊर्जा भण्डारण, नवीकरणीय ऊर्जा, हाइड्रोजन, जैविक इन्धन, महत्त्वपूर्ण खनिज र कार्बन कब्जा प्रविधिमा सहकार्य अघि बढाउने योजना छ । जलवायु–लचिलो सहरी पूर्वाधार, हरित वित्त र ऊर्जा सङ्क्रमणलाई समेत भारतले प्राथमिकतामा राखेको छ । भारतले यी पहललाई शिखर सम्मेलनमा मात्र सीमित नराखी दीर्घकालीन रूपमा कार्यान्वयन गर्दै ब्रिक्समार्फत दिगो विकास र विश्वव्यापी शासनमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ४ : २४ बजे

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका

टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका