अर्थ समाचार : प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब जम्मा, चीनबाट चौथो चरणको राहत सामग्री आइपुग्यो र इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च « Khabarhub

अर्थ समाचार : प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब जम्मा, चीनबाट चौथो चरणको राहत सामग्री आइपुग्यो र इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो ।

अहिले नौ वटा वाणिज्य बैंकमा आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ मौज्दात छ । राहत कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसैगरी, हिमालयन बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा दुई करोड ११ लाख आठ हजार ४७१ जम्मा भएको पनि कार्यालयले जनाएको छ ।

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड सहयोग

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य उच्च स्तरमा पुगेको छ। महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनुका साथै दैनिक उपभोगमा समेत थप आर्थिक दबाब परेको छ।

अमेरिकामा नियमित पेट्रोलको राष्ट्रिय औसत मूल्य प्रतिग्यालोन ४.१४ अमेरिकी डलर पुगेको छ। यो गत वर्षको तुलनामा झन्डै १ डलर बढी हो।

यसअघि सन् २०१२ मा नियमित पेट्रोलको औसत मूल्य प्रतिग्यालोन ३.८२ डलर पुगेको थियो। पछिल्लो मूल्यले उक्त स्तरलाई समेत पार गरेको छ। यद्यपि, अमेरिकामा पेट्रोलको सर्वकालीन उच्च राष्ट्रिय औसत मूल्य भने सन् २०२२ को जुनमा कायम भएको ५.०२ डलर प्रतिग्यालोन नै हो।

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्त : स्थानीयलाई मर्का

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ७ : ०१ बजे

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ